खेल मैदानमै हेलिकप्टर अवतरण गर्ने पाइलटमाथि अभद्र व्यवहार गरेको आरोपमा ६ जना पक्राउ
काठमाडाैं । स्याङ्जामा प्रभु एयरको हेलिकप्टरका पाइलटमाथि अभद्र व्यवहार गरेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले चार जना यात्रु र २ जना कुटपिटमा संलग्नलाई पक्राउ गरेको हो ।
प्रहरीले हेलिकप्टरमा सवार विनोद गैह्रे, उज्जवल थापा, सुशिल गिरी र खिमबहादुर राना र कुटपिटमा संलग्न यामबहादुर गुरूङ र सुरेश श्रेष्ठलाई पक्राउ जनाएको छ ।
माघ ५ गते दिउँसो साढे २ बजे वालिङ नगरपालिका-८ मालेबगर खेल मैदानमा प्रभु एयरको हेलिकप्टर अवतरण भएको थियो ।
खेल भइरहेको मैदानमा हेलिकप्टर अवतरण भएपछि त्यहाँ झडपसहित हातपात भएको थियो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया