ज्यान मुद्दाका फरार व्यक्ति नौ वर्षपछि पक्राउ
काठमाडाैं । ज्यान मुद्दामा फरार रहेका एक व्यक्तिलाई प्रहरीले नौ वर्षपछि पक्राउ गरेको छ । प्रहरीले सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–१ बस्ने ४२ वर्षीय इमबहादुर कार्कीलार्ई काठमाडौँको ठमेलबाट पक्राउ गरेर आजै अदालतमा पेस गरेको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए ।
विसं २०७० जेठ २७ गते मध्यपुरथिमि नगरपालिकाको चार दोबाटोमा ओम हस्पिटल एण्ड रिसर्च सेन्टरको बा ३ च ५३७५ नं को एम्बुलेन्सले बा ४०प ५०७९ को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक शिवशरण रेग्मीको मृत्यु भएपछि कार्की फरार रहेका थिए । प्रहरीले कार्कीलाई प्रहरी वृत्त थिमिको हिरासतमा राखेर आवश्यक कारबाहीका लागि जिल्ला अदालतमा पेस गरेको प्रहरी उपरीक्षक केसीले जानकारी दिए ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया