लोक गायक पौडेलको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोक तथा दोहोरी गायक भीम पौडेलको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत् लोक गायक पौडेलको अल्पायूमै भएको दुःखद् निधनप्रति गहिरो दुःखसहित श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो । प्रधानमन्त्रीले शोक सन्तप्त परिवार, आफन्त र शुभेच्छुकमा गहिरो समवेदना समेत प्रकट गरेका छन् । दर्जनौं लोक दोहोरी गीत गाएर चर्चित बनेका गायक पौडेलको स्याङ्जास्थित घरमै आज निधन भएको हो ।
विगत दुई महिनादेखि बिरामी भएर उपचार गराइरहेका भएका पौडेलको रक्तअल्पताको कारण निधन भएको छ । पौडेलको पार्थिव शरीरलाई आज कास्कीको पोखरास्थित रामघाटमा अन्तिम संस्कार गरिने छ ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया