फिजीले सुरक्षाका विषयमा चीनसँग सहकार्य नगर्ने
सुवा । फिजीले चिनियाँ कर्मचारीहरूलाई फिजी प्रहरी बलसँग काम नगर्न आग्रह गरेको छ फिजी टाइम्सले प्रधानमन्त्री सिटिभेनी रबुकालाई उद्धृत गर्दै फिजी प्रहरीले चिनियाँ अधिकारिहरूसँग सहकार्य जारी राख्न आवश्यक नरहेको बताएको छ ।
फिजी र चीनले २०११ मा हस्ताक्षर गरेको समझदारी पत्रलाई उल्लेख गर्दै फिजीका प्रधानमन्त्रीले भने, ‘हामीलाई सो सहकार्य जारी राख्नु आवश्यक छैन । काम गर्ने हाम्रो प्रणाली फरक छ।’ फिजीले पहिलो पटक अन्य देशका कर्मचारीसँग सुरक्षाकर्मीले सहकार्य गर्न आवश्यक नरहेको सार्वजनिकरूपमा बताएको हो ।
सन् २०११ मा गरिएको सहमति अनुसार फिजीका प्रहरी अधिकारीहरूले चिनियाँ अधिकारिहरूसँग तालीम लिने लगायतका विषयहरू सामावेश थिए । सन् २०२१ मा यस किसिमका तालीम गतिविधिहरू थप अगाडि बढाउँन चिनियाँ प्रहरीको सम्पर्क कार्यालय फिजीमा खोलिएको थियो र यस किसमका गतिविधि निकै उचाइँमा पुगेको थियो ।
फिजी टाइम्सका अनुसार चीनको र फिजीको प्रजातान्त्रिक र न्यायिक प्रणाली पृथक रहेकाले यस किसिमको सहकार्य आवश्यक नरहरेको बताइएको छ । यद्यपि अष्ट्रेलिया र न्युजिल्याण्डसँग बने यस किसिमका सहकार्य जारी रहने छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया