राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने चयन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने पुनः चयन भएका छन् ।
नागरिकता सम्बन्धी मुद्दामा शुक्रबार सर्वोच्च अदालतको फैसलासँगै उनी सभापति पदबाट मुक्त भएका थिए । उनी पदपुक्त भएसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याललाई कार्यवाहक सभापतिको पद दिइएको थियो ।
उनलाई आजै पार्टीको केन्द्रीय समितिको बैठकले सभापति चयन गरेको हो ।
अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनःप्राप्तको प्रक्रियामा नगएका कारण सर्वोच्चले उनलाई पार्टी सभापति, सांसद र उपप्रधान तथा गृहमन्त्री पदबाट मुक्त गराएको थियो ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया