प्रधानमन्त्री भेट्न रवि पुगे बालुवाटार, मन्त्रीमा नियुक्त गर्न दबाब
काठमाडौं । पूर्वउपप्रधानमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।
नागरिकता सम्बन्धी मुद्दामा शुक्रबार सर्वोच्च अदालत लामिछानेलाई दोषी ठहर गर्दै उनलाई सांसद र मन्त्रीबाट पदमुक्त गरेको थियो ।
अदालतको फैसलापछि उनले आइतबार जिल्ला प्रशासन कार्यालयबाट पुनः नागरिकता लिएपछि प्रधानमन्त्रीलाई भेट्न उनी दिउँसो बालुवाटार गएको स्रोतले बताएको छ ।
भेटवार्तामा रविले पुनः सोही पदमा नियुक्त गर्न प्रचण्डलाई दबाब दिइएको बुझिएको छ ।
त्यसअघि रविलाई पुनः मन्त्रीमा नियुक्त गर्न एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीलाई दबाब दिएको बुझिएको छ । रविले भेटे लगत्तै प्रधानमन्त्रीलाई भेट्न ओली बालुवाटार गएका छन् ।
आइतबार बसेको रास्वपाको बैठकले रविलाई सभापति बनाएको थियो ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया