NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम घट्यो

काठमाडाैं । साताको पहिलो कारोबारदिनयता सेयर बजारमा गिरावट जारी छ । मंगलबार नेप्से १५.७४ अंकले घटेर २१११.६३ विन्दुमा झरेको छ ।

मंगलबार नेप्से घटेसँगै कारोबार रकममा समेत गिरावट देखिएको छ । आज कुल २५९ स्टकको ५३ हजार ८७८ पटक कारोबारमा ७५ लाख ५३ हजार २३५ कित्ता सेयर खरिदबिक्री हुँदा कुल २ अर्ब ८२ करोड ४५ लाख ४० हजार ४०६ रूपैयाँको कारोबार भएको छ ।

आज जलविद्युतबाहेका सबै उपसमूहको परिसूचक घटेका छन् । जलविद्युत ०.०२ प्रतिशतले बढेको छ ।

नेप्सेका अनुसार आज बैंकिङ ०.८४, विकास बैंक ०.३७, वित्त ०.७९, होटल तथा पर्यटन ०.७०, लगानी १.३१, जीवन बीमा १.१७, उत्पादन ०.८४, लघुवित्त १.१५, सामूहिक लगानी ०.८३, नीर्जीवन ०.३५, अन्य ०.६० र व्यापार ०.५७ प्रतिशतले घटेको छ ।

मंगलबार आदर्श लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ । ती कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् । त्यसैगरी बारही हाइड्रोपावर ७.३७, लुम्बिनी जनरल ६.२०, इष्टर्टन हाइड्रोपावर ५.८६, र पिपुल्स हाइड्रोपावरका लगानीकर्ताले ४.६३ प्रतिशतका दरले गुमाएका छन् ।

आज प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सर्वाधिक ५.२१ प्रतिशतका दरले गुमाएका छन् । त्यस्तै मनकामना स्मार्ट लघुवित्त ४.९७, गणपत्ति लघुवित्त ४.४६, सगरमाथा इन्स्योरेन्स ४.३० र निरोद लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले ४.०९ प्रतिशतका दरले गुमाएक छन् ।

मंगलबार कारोबार रकमको आधारमा रिदी पावर कम्पनीको सर्वाधिक १९ करोड २० लाख ५४ हजार रूपैयाँ बराबरको कारोबार भयो ।

लुम्बिनी जनरल इन्स्योरेन्स १४ करोड ३७ लाख, गुराँस लाइफ इन्स्योरेन्स ७ करोड ६७ लाख, एनआइसी एशिया ७ करोड १० लाख र सूर्याज्योति लाइफ इन्स्योरेन्सका लगानीकर्ताले ६ करोड ७१ लाख ३५ हजार रूपैयाँको कारोबार भइ शीर्ष पाँचमा प्रवेश गरेका छन् ।