विश्वका शीर्ष २० अर्बपतीको सूचीबाट पनि बाहिरिए अडानी

काठमाडाैं । भारतीय उद्योगपति गौतम अडानी अब शीर्ष २० अर्बपतिको सूचीबाट पनि बाहिरिएको छ । अमेरिकी अनुसन्धान फर्म हिन्डनबर्गको पछिल्लो प्रतिवेदनअनुसार उनी शीर्ष २० बाट पनि बाहिरिएका हुन् ।
अडानी समूहको सेयरमा आएको सुनामीले गर्दा अडानीनको साम्राज्यलाई समेत हल्लाएको छ । हरेक गुज्रिरहेको दिनले उसको नेटवर्थमा ठूलो गिरावट ल्याइरहेको छ।
फेसबुक मालिक मार्क जुकरबर्गभन्दा पछि
ब्लूमबर्ग अरबपति सूचकांक अनुसार गौतम अडानीको नेटवर्थमा आएको गिरावटका कारण उनी अब अर्बपतिको सूचीमा २१ औं स्थानमा झरेका छन् ।
उनको पछिल्लो नेटवर्थ ६१.३ बिलियन डलरमा झरेको छ र पछिल्लो २४ घण्टामा उनले १०.७ बिलियन डलर गुमाएका छन् ।
सेयरमा आएको उच्च गिरावटका कारण अब गौतम अडानी अहिले फेसबुकका मार्क जुकरबर्गभन्दा पछाडि परेका छन् ।
जुकरबर्गको कुल सम्पत्ति ६९.८ बिलियन डलर छ । अहिले सूचीमा १३ औं स्थानमा पुगेका छन् ।
ताजा अपडेट
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
प्रतिक्रिया