पाकिस्तानमा सुरक्षा कारबाहीमा दुई जना आतङ्कारी मारिए
एजेन्सी । उत्तरपश्चिम पाकिस्तानमा सुरक्षा फौजले गरेको कारबाहीमा दुई जना आतङ्कारी मारिएका छन् । देशको खैबर पख्तुनख्वा प्रान्तमा गरिएको कारबाहीमा ती आतंककारी मारिएका हुन् ।
खैबर पख्तुनख्वा प्रान्तको उत्तरी वजिरिस्तान जिल्लामा सुरक्षा फौज र आतङ्कारीबीच भएको दोहोरो झडमा ती आतंककारी मारिएका तथा उनीहरूबाट हतियार र गोलाबारुद पनि बरामद गरिएको पाकिस्तानी सेनाले आज जनाएको छ ।
आतङ्कारीविरुद्ध शून्य सहनशीलता अपनाएको पाकिस्तानी सेनाले अतिवादीहरूलाई परास्त गर्दै देशमा शान्ति सुव्यवस्था कायम गर्ने संकल्पमा दृढ रहेको शुक्रबार एक विज्ञप्ति निकालेर बताएको छ ।
सेनाको मिडिया शाखा इन्टरसर्भिसेस पब्लिक रिलेसन (आइएसपीआर) ले हिंसाको सहारा लिने कुनै पनि समूह र निकायविरुद्ध निरन्तर लड्ने दृढता विज्ञप्तिमा व्यक्त गरिएको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया