NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

पाकिस्तानमा सुरक्षा कारबाहीमा दुई जना आतङ्कारी मारिए

एजेन्सी । उत्तरपश्चिम पाकिस्तानमा सुरक्षा फौजले गरेको कारबाहीमा दुई जना आतङ्कारी मारिएका छन् । देशको खैबर पख्तुनख्वा प्रान्तमा गरिएको कारबाहीमा ती आतंककारी मारिएका हुन् ।

खैबर पख्तुनख्वा प्रान्तको उत्तरी वजिरिस्तान जिल्लामा सुरक्षा फौज र आतङ्कारीबीच भएको दोहोरो झडमा ती आतंककारी मारिएका तथा उनीहरूबाट हतियार र गोलाबारुद पनि बरामद गरिएको पाकिस्तानी सेनाले आज जनाएको छ ।

आतङ्कारीविरुद्ध शून्य सहनशीलता अपनाएको पाकिस्तानी सेनाले अतिवादीहरूलाई परास्त गर्दै देशमा शान्ति सुव्यवस्था कायम गर्ने संकल्पमा दृढ रहेको शुक्रबार एक विज्ञप्ति निकालेर बताएको छ ।

सेनाको मिडिया शाखा इन्टरसर्भिसेस पब्लिक रिलेसन (आइएसपीआर) ले हिंसाको सहारा लिने कुनै पनि समूह र निकायविरुद्ध निरन्तर लड्ने दृढता विज्ञप्तिमा व्यक्त गरिएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष