NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

गौतम अडानी मात्रै होइन, विश्वका यी ६ सुपर धनी व्यक्तिले गुमाउँदैछन् सम्पति

एजेन्सी । अमेरिकी हिन्डनबर्ग रिपोर्टपछि भारतीय उद्योगपत्ति गौतम अडानी दिनप्रतिदिन समस्यामा पर्दै गएका छन् । अडानी समूहको सेयरमा भारी गिरावटका साथै उनको नेटवर्थमा कमी आइरहेको छ । कुनै समय विश्वका धनीहरूमध्येको दोस्रो नम्बरमा रहेको अडानी अहिले अर्बपतिको शीर्ष २० सूचीबाटसमेत बाहिरिसकेका छन् ।

तर पछिल्लो पटक प्रकाशित हिन्डनबर्ग रिपोर्ट हेर्दा अडानीमात्रै नभएर अन्य धनी व्यक्तिहरूले आफ्नो सम्पति गुमाइरहेको पाइएको छ । रिर्पोटअनुसार विश्वका यी ६ जना धनी व्यक्तिहरू जसले सम्पति गुमाइरहेका छन् ।

आज भन्दा करिब पाँच महिना अघि अडानी विश्वको दोस्रो धनी व्यक्ति थिए । तर आज उनी धनीहरूको टप २० बाट बाहिर भइसकेका छन् । यसको मूख्य कारण अमेरिकी फोरेन्सिक वित्तीय फर्म हिन्डनबर्गको रिपोर्ट हो नै हो । हिन्डनबर्गले आफ्नो प्रतिवेदनमा अदानी समूहलाई ‘विश्वको सबैभन्दा ठूलो कर्पोरेट ठगी’ गरेको आरोप लगाएका थिए । उक्त रिर्पोट जनवरी २४ मा आएको थियो । यस रिपोर्टमा स्टक हेरफेर-लेखा धोखाधडीसहित अडानी समूहको बारेमा धेरै दावी गरिएको छ । जुन आरोपको असरले गर्दा अडानी समूहले आफ्नो सेयर भारी मात्रामा गुमाइरहेको छ ।

अडानी कम्पनीले यी आरोपहरूलाई अस्वीकार गर्दै आएको छ । तर यो रिपोर्ट आएपछि हालसम्म अडानी कम्पनीले  ८ लाख करोडभन्दा बढीको घाटा बेहोरेको छ ।

अडानीबाहेक विश्वका यी ६ धनी व्यक्ति जसले सम्पति तीव्र रूपमा गुमाइरहेका छन् ।

१. ल्यारी एलिसन

उनी अमेरिकन उद्योगपति एवं ल्यारी एलिसन ओरेकलका संस्थापक  हुन् । ओरेकलको ३५ प्रतिशत स्वामित्व उनको छ । ब्लूमबर्गका अनुसार ल्यारी एलिसनले  एक दिनमै २० करोड ५० लाख डलर अर्थात् १६८६ करोड रुपैयाँ गुमाएका छन् । अहिले उनको कुल सम्पत्ति १०२ बिलियन डलर ९८.३८ लाख करोड रुपैयाँ छ।

२. कार्लोस स्लिम

कार्लोस स्लिम मेक्सिको व्यापारी हुन् । उनी ल्याटिन अमेरिका अमेरिकाको सबैभन्दा ठूलो टेलिकम कम्पनीको मालिकसमेत हुन् । उनको कुल सम्पत्ति १.५६ बिलियन डलर (१२,८३० करोड रुपैयाँ) ले घटेको छ । अहिले उनको कुल सम्पत्ति ८४.२ बिलियन डलर (६.९) लाख करोड रुपैयाँ छ।

३. मुकेश अंम्बानी

भारतीय व्यापारी मुकेश अम्बानी रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष हुन् । उनी भारतको सबैभन्दा धनी व्यक्तिसमेत हुन् । अम्बानीको कुल सम्पत्ति ६९५ मिलियन डलर (५,७१५ करोड रुपैयाँ) ले घटेको छ।

अहिले उनको कुल सम्पत्ति ८२.५ बिलियन डलर (६.७८ लाख करोड रुपैयाँ) छ ।  हाल अम्बानी ब्लूमबर्ग सूचकांकमा १२ औं र फोर्ब्सको सूचीमा ११ औं स्थानमा छन् ।

४.जिम वाल्टन

उनी वालमार्ट कम्पनीका संस्थापक साम वाल्टनका कान्छो छोरा हुन्। उनी अर्भेस्ट बैंकका अध्यक्षसमेत हुन् । उनको नेटवर्थमा २८३ मिलियन डलर (२,३२७ करोड रुपैयाँ) को गिरावट आएको छ। अहिले उनको कुल सम्पत्ति ६१.४ बिलियन डलर (५.०५ लाख करोड रुपैयाँ) छ।

५.रोब वाल्टन

उनी वालमार्टका संस्थापक साम वाल्टनका जेठा छोरा हुन्। सन् १९९२ मा बुबाको निधनपछि उनी कम्पनीको अध्यक्ष भएका थिए । ब्लूमबर्गका अनुसार उनको कुल सम्पत्ति २५९ मिलियन डलर (२,१३० करोड रुपैयाँ) ले घटेको छ । हाल उनको कुल सम्पत्ति ६०.२ बिलियन डलर (४.९५ लाख करोड रुपैयाँ) छ।

६.एलिस वाल्टन

उनी वालमार्टका संस्थापक साम वाल्टनकी एक्ली छोरी हुन् । उनी क्रिस्टल ब्रिजेस अमेरिकी कला संग्रहालयका अध्यक्षसमेत हुन्।

एलिस वाल्टनको कुल सम्पत्ति पनि २४४ मिलियन डलर (२००० करोड रुपैयाँ) ले घटेको छ। अहिले उनको कुल सम्पत्ति ५९.२ बिलियन डलर (४.८६ लाख करोड रुपैयाँ) छ।

 

 

ताजा अपडेट

नेपालवाच विशेष