नेपाल टेलिकमको वार्षिकोत्सवमा रक्तदान

काठमाडाैं । नेपाल टेलिकमद्वारा आज आयोजित कार्यक्रममा ६५ जनाले रक्तदान गरेका छन् ।
नेपाल दुरसञ्चार कम्पनी लिमिटेडको १९औँ वर्षिकोत्सवका अवसरमा भद्रकालीस्थित केन्द्रीय कार्यालयमा उनीहरुले रक्तदान गरेको कार्यक्रम संयोजक समिता कोइराला जानकारी दिइन् ।
विगतमा एक सय ५० भन्दाबढी कर्मचारी रक्तदानमा भाग लिने गरेकामा पछिल्ला वर्षमा कोरोना, डेङ्गीलगायतका कारण रक्तदान गर्नेको सङ्ख्यामा निकै न्यून रहेको बताइएको छ ।
नेपाल टेलिकम सरकारीस्तरमा सबैचभन्दा धेरै राजस्व बुझाउने सेवा प्रदायक कम्पनी हो । टेलिकमका मुलुकभर डेढ करोडभन्दा बढी ग्राहक छन् । यही माघ २२ गते टेलिकमले आफनो २२ औँ स्थापना दिवस मनाउँदैछ ।
वार्षिकोत्सवका अवसरमा उक्त लिमिटेडले अतिरिक्त क्रियाकलापअन्तर्गत विभिन्न खेलकुद प्रतियोगितासमेत सञ्चालन गरिरहेको छ ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया