अमेरिकाले युक्रेनलाई लामो दूरीबाट मार हान्न मिल्ने रकेट दिने

काठमाडौं (एजेन्सी) । रुससँग युद्धरत युक्रेनलाई सहयोगस्वरूप अमेरिकाले २.२ अर्ब डलरको थप प्याकेज उपलब्ध गराउने भएको छ । यसअन्तर्गत अमेरिकाले उसलाई लामो दूरीको गाइडेड रकेट दिँदै छ ।
जमिनबाट प्रक्षेपण गरिएको यो रकेटलाई कम व्यासको बम मानिन्छ।
यसबाहेक अमेरिकाले यो प्याकेजमा एयर डिफेन्स सिस्टम, एन्टी–ट्याङ्क मिसाइल र बख्तरबंद गाडी पनि दिनेछ।
यद्यपि, पेन्टागनका प्रवक्ता जनरल प्याट्रिक राइडरले पत्रकार सम्मेलनमा युक्रेनले क्राइमियामा रुसविरुद्ध लामो दूरीको रकेट प्रयोग गर्ने कि नगर्ने भन्ने कुरा बताउन अस्वीकार गरेका छन्। उनले यसलाई कसरी प्रयोग गर्ने भन्ने निर्णय युक्रेनले गर्ने बताए ।
‘युक्रेन सुरक्षा सहायता प्याकेजको एक भागको रूपमा हामीले युक्रेनलाई सानो व्यासको जमिनबाट प्रक्षेपण गरिएको बम प्रदान गर्नेछौं,’ उनले भने।
उनले युक्रेनको वायु रक्षा क्षमतामा सुधार गर्नु अमेरिकी सहयोगको मुख्य उद्देश्य रहेको प्रष्ट पारे ।
अमेरिकी रक्षा मन्त्रालयले यी हतियारहरूले युक्रेनी सेनाको वर्तमान फायरपावरलाई दोब्बर बनाउने बताएको छ।
ट्रान्स–एट्लान्टिक थिंक ट्याङ्क ‘ग्लोबेस्क’को किभ कार्यालयका निर्देशक लुलिया ओस्मोलोभस्काका अनुसार युक्रेनले रुसमाथि आक्रमण नगर्ने तर क्राइमियालगायत युक्रेनको भूभागको रक्षा गर्ने स्पष्ट पारेको छ।
ताजा अपडेट
-
कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै
-
‘कर्मचारीतन्त्रको दक्षता अभिवृद्धि नगरेसम्म सरकारकाे योजना कार्यान्वयन हुँदैन्’
-
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
नेपालमा आधिकारिक ट्रेड युनियन र अबकाे बाटाे
-
ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी
प्रतिक्रिया