दक्षिण कोरियामा डुंगा दुर्घटना हुँदा ९ जना बेपत्ता
सियोल । दक्षिण कोरियामा माछा मार्ने एउटा डुङ्गा दुर्घटना हुँदा ९ जना वेपत्ता भएका छन् । दक्षिणपश्चिमी तटीय क्षेत्रमा माछा मार्ने एउटा डुङ्गा पल्टिँदा बेपत्ता उनीहरूको उद्धारकर्मीले समुद्र र हवाई मार्गबाट खोजी गरिरहेका छन् ।
गृह मन्त्रालयका अनुसार शनिबार राति सिनान काउन्टीको तटीय क्षेत्रमा २४ टन तौल भएको उक्त जहाज पानीमा पल्टिएको हो । चालक दलका तीन सदस्यलाई नजिकैको डुङ्गाले उद्धार गरे पनि दुई विदेशीसहित अन्य नौ जना हराइरहेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बेपत्ताको खोजीका लागि एक दर्जनभन्दा बढी पानीजहाज, तटीय सुरक्षाकर्मी र नौसेनाका तीन वटा विमान परिचालन गरिएको जनाइएको छ ।आन्तरिक मामिला मन्त्री ली साङ–मिनलाई उद्धृत गर्दै योनहाप समाचार एजेन्सीले चालक दलका अधिकांश सदस्यले डुङ्गा छोडेको अनुमान गरिएको छ ।
राष्ट्रपति युन सुक योलले उद्धारकार्यका लागि अधिकतम प्रयास गर्न आग्रह गर्दै खोजी क्षेत्र फराकिलो बनाउन ‘उपलब्ध सबै स्रोत साधन’ परिचालन गर्न आदेश दिएको उहाँको कार्यालयले जानकारी गराएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया