एकैपटक धेरै सदस्य बचत फिर्ता लिन आउँदा केही असहज भएको हो : शिव शिखर सहकारी
काठमाडौं । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई नआत्तिन आग्रह गरेको छ । संस्थाले एक विज्ञप्ति जारी गर्दै सम्पूर्ण बचतकर्ताको रकम सुरक्षित रहेको र बचत रकम फिर्ता गर्न सञ्चालक समिति प्रतिवद्ध रहेको बताएको छ ।
‘एकै पटक धेरै सेयर सदस्य बचत फिर्ता लिन आउँदा हामीलाई बचत फिर्ता गर्न केही असहज भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यसले हाम्रा सदस्यहरुलाई पर्न गएको असुविधा प्रति हामी पूर्ण रुपमा जानकार छौं र दुखित पनि छौं । विगतमा जुन विश्वासले तपाईहरु हामीसँग जोडिनु भएको थियो । त्यही विश्वास आज पनि देखाइदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।’
स्थीर स्म्पत्ती बेचेरै भएपनि बचत फिर्ता गर्ने संस्थाले जनाएको छ । संस्थामा देखिएको सदस्य समाधान गर्न संस्था प्रयासरत रहेको रहेको विज्ञप्तिमार्फत जनाएको छ ।
ताजा अपडेट
-
पाँच हजार अमेरिकी डलर बराबरको रकम भन्सार घोषणा नगरी ल्याउन पाइने
-
कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ
-
देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने


प्रतिक्रिया