प्रक्रियागत त्रुटी गरेको हुँ, यसले कसैलाई असर परेको छैन – रवि
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफूले नागरिकता तथा पासपोर्ट प्रकरणमा प्रक्रियागत त्रुटी गरेपनि दुरूपयोग नगरेको बताएका छन् ।
आज बसुन्धारास्थित पार्टी कार्यालयमा विशेष पत्रकार सम्मेलन गर्दै उनले आफूले नागरिकता पासपोर्टको दुरूपयोग नगरेको बताएका हुन् ।
‘कुनै पनि कामले असर पारेको हुनपर्छ । कसैलाई पिट्दा दुख्छ । यो त्यसले पार्ने असर हो,’ उनले भने, ‘तर मेरो प्रक्रियागत रुपमा भएको त्रुटीले कसैलार्ई असर परेको छैन ।’
अमेरिकी नागरिकता त्यागिसकेपछि नेपाली नागरिकता पुनः प्राप्तीको प्रक्रिया नपुर्याएको भन्दै सर्वोच्च अदालतले उनको सांसद पद बदर गरेको थियो ।
पार्टीको आजको बैठकले सरकारबाट तत्कालका लागि बाहिरिने निर्णय गरिसकेको छ ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया