NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

लखेटेरै उपप्रधान तथा गृहमन्त्री बनाए, अब पालो प्रधानमन्त्रीको – रवि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई मिडियाले लखेटेरै उपप्रधान तथा गृहमन्त्री बनाएको र अब प्रधानमन्त्री बन्ने पालो रहेको प्रक्रिया दिएका छन् ।

आज विशेष पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘यो देशका मिडियाले मलाई लखेट्दा लखेट्दै उप्रप्रधान तथा गृहमन्त्री बनाए । अब पालो?…’ दर्शक दिर्घाबाट ‘प्रधानमन्त्री’ भनेर आएको उत्तरलाई उनले मुस्कानसहित स्वीकारेका छन् ।

सर्वोच्च अदालतले उनको सांसद पद बदर गरेपछि पहिलो पटक पत्रकार सम्मेलन गर्दै उनले आफूमाथि लागेका नागरिकता, पासपोर्टसम्बन्धी अभियोग र टिकाटिप्पणीबारे प्रतिक्रिया दिएका हुन् ।