नबिल बैंकको नयाँ शाखा बागलुङको हटिया बजारमा विस्तार
बागलुङ । नबिल बैंकले बागलुङको गलकोट नगरपालिका वडा नं ३ हटिया बजारमा नयाँ शाखा विस्तार गरेको छ ।
बैंकले देशैभर आफ्नो शाखा विस्तार गर्ने क्रममा गलकोटमा २ सय ४७ औं शाखा सञ्चालनमा ल्याएको उनले बताए ।
देशका विकसित, अर्ध–विकसित तथा ग्रामीण स्थानहरुमा समेत आफ्नो उपस्थितिलाई दरिलो बनाउँदै अत्यावश्यक वित्तिय सेवा नागरिकलाई प्रत्याभुत गराउँदै आएको नबिल बैंकले बागलुङ सदरमुकाम बाहिर जिल्लामा दोस्रो शाखा सञ्चालन गरेको नबिल बैंक गलकोट शाखाका प्रवन्धक सुन्दर सापकोटाले जानकारी दिए ।
सन् १९८४ देखि आफ्ना ग्राहकलाई समय अनुकुल सेवा प्रदान गर्दै आएको नबिल बैंकको हाल देशभर २ सय ४७ शाखा, १७ एक्सटेन्सन काउन्टर र २ सय ७६ वटा एटिएम सञ्चालनमा रहेको बैंकले जनाएको छ ।
यस शाखा मार्फत बैंकले ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण डिजिटल बैकिङ सेवाका साथै साना तथा लघु व्यवसायी र आम सर्वसाधारण नागरिक माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ ।
बैंकले आफ्नो सेवा थप सुदृढ अनि व्यापक बनाउने प्रतिवद्धता गरेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका ठाउँमा आक्रामक रुपमा आफनो शाखा विस्तार गर्दै आईरहेको छ ।
नबिल बैंकले नेपालको बैंकिङ क्षेत्रमा नविनतम सेवाको सुरुआत गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुंगाका रुपमा काम गर्दै आएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया