NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

नेप्सेमा सामान्य अंकको वृद्धि, एनआइसी एशियाको सर्वाधिक कारोबार

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्सेमा सामान्य अंकको वृद्धि भएको छ । सोमबार नेप्से ४.५७ अंकले बढेर २१००.६५ विन्दुमा पुगेको छ ।

आज आज कुल २५९ स्टकको २९ हजार ८४६ पटक कारोबारमा ३९ लाख २२ हजार २१६ कित्ता सेयर खरिदबिक्री हुँदा कुल १ अर्ब ४७ करोड ४१ लाख ६१ हजार ६४५ रूपैयाँको कारोबार भएको छ ।

आज पाँच उपसमूहबाहेका सबै उपसमूहको परिसूचक बढेका छन् । विकास बैंक ०.२०, जीवन बीमा ०.८२, सामूहिक लगानी ०.५०, नीर्जीवन ०.१३,  र व्यापार ०.०६ प्रतिशतले घटेको छ ।

त्यस्तै  आज बढेका उपसमूहरूमा बैंकिङ ०.३८, वित्त ०.५८, होटल तथा पर्यटन ०.३४, जलविद्युत ०.१४, लगानी ०.२७, उत्पादन १.३८, लघुवित्त ०.१३ र अन्य ०.०३ प्रतिशतले बढेको छ ।

सोमबार आदर्श लघुवित्त वित्तिय संस्थाको सेयरमा सकारात्मक सर्किट लागेको छ । उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । माहुली लघुवित्त वित्तिय संस्था ५.५१, युनिभर्सल पावर कम्पनी ४.९९, सिभिल लघुवित्त ४.०५ र सर्पोट माइक्रोफाइनान्स लघुवित्तका लगानीकर्ताले ३.८४ प्रतिशतका दरले गुमाएका छन् ।

सोमबार कारोबार रकमको आधारमा एनआइसी एशियाको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको ६ करोड ४५ लाख ७३ हजार रूपैयाँ बराबरको कारोबार भयो । त्यस्तै युनिर्भसल पावर कम्पनीको ५ करोड ३५ लाख ७९ हजार रूपैयाँको कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स ४ करोड ८९ लाख ६० हजार, हिमालयन डिष्टिलरी ४ करोड ७७ लाख ७ हजार र आशा लघुवित्त वित्तिय संस्थाको ४ करोड ३ लाख ७३ हजार रूपैयाँको कारोबार भयो ।