मनोज पाण्डेलाई मानव बेचबिखनमा ७ वर्ष जेल सजाय

काठमाडाैं । सौन्दर्य प्रतियोगिताको नाममा किशोरीलाई बलात्कार गरेको आरोप लागेका मनोज पाण्डेलाई ७ वर्षको कैद सजाय सुनाइएको छ । सोमबार काठमाडौं जिल्ला अदालतले पाण्डेलाई सो सजाय हुने फैसला सुनाएको हो ।
यसभन्दा अघि नै (माघ १०) गते काठमाडौं जिल्ला अदालतले पाण्डेलाई बाल यौन दुरुपयोग र मानव बेचबिखनको मुद्दामा दोषी ठहर गरेको थियो । काठमाडौं जिल्ला अदालतले त्यतिबेला नै उनलाईबाल यौन दुरुपयोग र मानव बेचबिखनको आरोपमा ६ महिना कैद सजाय र ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाइएको थियो ।
मानव बेचबिखनको कसुरमा भने सजाय निर्धारणका लागि माघ २३ गते(आज) को पेसी तोकिएको थियो ।
ताजा अपडेट
-
नेपालमै पहिलोपटक लिङ्ग परिवर्तनको सफल शल्यक्रिया
-
टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बेनी-जोमसोम-कोरला सडकखण्डको ८४ प्रतिशत भौतिक प्रगति
-
बजेट अभावले कञ्चनपुरमा पुल निर्माणको काम प्रभावित
-
सभामुख घिमिरेले गरे संसदको अवरोध हटाउन प्रमुख दलका सचेतसँग छलफल
प्रतिक्रिया