NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

गौतम अडानीले १.११ बिलियन डलर ऋण समयअगावै किन तिर्दैछन् ?

काठमाडाैं । भारतीय उद्योगपत्ति केही दिनयता लगातर समाचारमा छाउन थालेको छ । मंगलबार पनि भारतीय सञ्चारमाध्यमहरूले गौतम अडानीको समाचालाई प्राथमिकताका साथ कभर गरेका छन् । साथै  अन्य अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि अडानीको समाचारलाई प्राथामिकता दिएका छन् ।

बिजनेस स्टान्डर्डको समाचारअनुसार अडानी ग्रुपका प्रवर्द्धकहरूले समयअघि नै ऋण चुक्ता गर्न थालेका छन् । उक्त ऋण चुक्ता गर्नुपर्ने समय भने २०२४ सेप्टेम्बरसम्म रहेको छ । तर अडानी समूहले उक्त ऋण समयअघि नै भुक्तानी हुने फैसला गरेका छन् ।

कम्पनीका अनुसार अब अदानी पोर्ट्स, अदानी ट्रान्समिसन र अदानी ग्रीन इनर्जीको धितो राखिएको सेयर अब निष्कासन गरिनेछ । यस अन्तर्गत अदानी पोर्ट्सको १६ करोड ८० लाख, अदानी ग्रीन इनर्जीको २७ मिलियन र अदानी ट्रान्समिसनको करिब ११ करोड धितो सेयर जारी गरिनेछ ।

उक्त ऋण १.११ बिलियन डलर अर्थात लगभग ९ हजार करोड रूपैयाँ रहेको छ । कम्पनीको विश्वासमा संकट पैदा भएपछि अडानी समूहले उक्त ऋण चुक्ता गर्ने फैसला गरेको हो । अडानी समूहले  बजारमा कम्पनीको विश्वास बढाइराख्न यस्तो निर्णय गरेको धेरैको मान्यता छ । ताकि कम्पनीसँग वित्तिय स्रोतको कमी छैन भन्ने विश्वास सबैले गर्न सकोस् ।

२४ जनवरी २०२३ मा हिंडनवर्गको रिर्पोट प्रकाशित भएदेखि अडानी समूहको सेयरमा र अडानीको सम्पतिमा भारी गिरावट आएको छ, जुन गिरावट जारी नै छ । जसको कारण अडानी समूहले आर्थिक चुनौतीको सामना गर्नुपरेको छ । हिंडनवर्गले मात्रै नभएर युरोपियन फ्रान्सियल कम्पनी क्रेडिट सुइसले पनि अडानीको ऋणपत्रको मूल्य शून्यमा झारेको थियो र आफ्ना ग्राहकहरूलाई यी बन्डहरूविरुद्ध ऋण दिन अस्वीकार गरेको थियो।

रिर्पाट आउनुभन्दा अघि अडानी विश्वका धनीअर्बपतिको सूचीमा तेस्रो नम्बरमा थिए  । रिर्पाटपछि अहिले उनी विश्वका धनीअर्बपत्तिको सूचीमा २० औँ स्थानबाट पनि बाहिरसकेका छन् ।

हिंडनवर्ग अमेरिकन फाइनसियल रिसर्च कम्पनी हो । (बिबिसी)