नवनिर्वाचित उपाध्यक्ष अर्यालले लिइन् शपथ
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्याललाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।
राष्ट्रपति कार्यालयमा आज आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा अध्यक्ष तिमिल्सिनाले उपाध्यक्ष अर्याललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको उपस्थिति थियो । यस्तै, संवैधानिक निकायका प्रमुख तथा प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता तथा सञ्चारकर्मीको पनि सहभागिता थियो ।
उपाध्यक्ष अर्याल सोमबार मात्रै उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी हुन् । उनले आजै आफ्नो पदभार ग्रहण गर्ने कार्यक्रम छ ।
ताजा अपडेट
-
लोमान्थाङको नाम्डोक खोलामा पक्की पुल निर्माण
-
बागलुङका ११ हजार बालबालिकालाई आइपिभी खोप लगाइँदै
-
सहकारीको रकम हिनामिना : छानबिन समितिको कार्यादेश टुंगाे लगाउन कार्यदलको बैठक जारी
-
कुरिनटारमा ट्रक र माइक्रोबस ठोक्किए, १५ जना घाइते
-
‘कोषका पदाधिकारीको निर्देशन’मा पशुपतिको भेटी चोरी, ८ पक्राउ
प्रतिक्रिया