NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ६ गते

प्रेम दिवस सप्ताह सुरू : आज ‘रोज डे’, यसरी दिन सकिन्छ शुभकामना सन्देश

काठमाडाैं । विशेषगरी युवायुवतीले प्रेम र उत्साह साटसाट गरेर मनाउने प्रेम दिवस आज ‘रोज डे’ को साथ सुरू भएको छ । युवायुवती र प्रेम दिवसमा बढी आस्था राख्नेहरूले साताभर नै प्रेम दिवस मनाउँछन् ।

आज ‘रोज डे’ को दिन आफूले मायाँ गरेको मान्छेलाई गुलाबसहित सुन्दर सन्देश पठाएर शुभकामना दिन सकिन्छ । मायाँ गरेको मान्छे प्रेमी/प्रेमिका, श्रीमान/ श्रीमती या नजिकका मान्छेसँग प्रेम साट्न सक्छन् ।

आज ‘रोज डे’ को दिन आफ्नो प्रिय मान्छेलाई शुभकामना सन्देश दिने सोचमा हुनुहुन्छ भने यी सन्देश काम लाग्न सक्छ, जसले तपाइँको सम्बन्ध थप प्रगाढ र सुन्दर बनाउँनेछ :

१.ईश्वरले तिम्रो जीवन गुलाबको फूलजस्तै बनाओस्

तिम्रो सफलताको बाटोमा आउने हरेक बाधाहरू हटुन्

ह्यापी भ्यालेन्टाइन डे 

२.तिमी त्यो गुलाब हौ जसमा सुन्दरताको सुगन्ध छ

जसमा न काँडा छ, न कहिल्यै सुक्छ

ह्यापी भ्यालेन्टाइन डे

३.मेरो जीवनको पहिलो सपना हौ तिमी

दुनियाँले जे सुकै भनोस्, तर मेरो जीन्दगीको एक सुन्दर गुलाब हौ तिमी

ह्यापी भ्यालेन्टाइन डे

झरेको फूलले सुगन्ध दिन्छ

बितेका पलले याद दिलाउँछ

हरेकले केही न केही दिएर जान्छ

कसैले जीन्दगीमा प्रेम दिन्छन् त कसैले प्रेममा जीवन दिन्छन्

ह्यापी भ्यालेन्टाइन डे

तिमीलाई भेट्न पाउँदिन हरक्षण

तर तिम्रो याद भने आउँछ हरपल

मैले पठाएको छु तिमीलाई रातो गुलाब

जसले मेरो याद दिलाउनेछ पलपल

ह्यापी भ्यालेन्टाइन डे

(एजेन्सीको सहयोगमा)

ताजा अपडेट

नेपालवाच विशेष