बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच के भयो छलफल ?
काठमाडौं । सत्ता साझेदार दलहरूबीच खटपट आइरहेको अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीलाई भेट्न अध्यक्ष ओली मंगलबार विहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । भेटवार्तामा पछिल्लो राजनीतिक घटनाक्रम, राष्ट्रपति निर्वाचन, सरकार सञ्चाल सम्बन्धमा छलफल भएको प्रधानमन्त्रीका सचिवालयले जनाएको छ । सरकार गठनका बेला एमाले र माओवादी केन्द्रबीच प्रधानमन्त्री माओवादीले र राष्ट्रपति एमालेले लिने सहमति भएको एमालेको दाबी छ ।
सहमतिविपरित पछिल्लो समय प्रधानमन्त्रीले राष्ट्रपतिमा राष्ट्रिय सहमति आवश्यक रहेको अभिव्यक्ति दिन थालेपछि प्रचण्डसँग ओली सशंकित भएका छन् । त्यस्तै रविलाई गृहमन्त्री दिन प्रचण्डले नमानेकाले रास्वपा सरकारबाट बाहिरिएको एमालेको आरोप छ । सत्ता संकट निम्तिनुमा प्रमुख दोषी प्रधानमन्त्री रहेको ओलीले सार्वजनिक अभिव्यक्ति दिएका छन् ।
सरकार निर्माणअघि भएको सहमति अनुसार रास्वपाले गृहमन्त्रीसहित तीन मन्त्री र एक राज्यमन्त्री पाएको थियो । तर नागरिकता प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि पुनः सोही मन्त्रालय दाबी गरेको थियो ।
प्रधानमन्त्रीले तत्काल रास्वपालाई गृहमन्त्रालय नदिने अडान लिएपछि रास्वपा आइतबार सरकारबाट बाहिरिएको छ । रास्वपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री र ओलीबीच यो पहिलो भेट हो । यसअघि प्रधानमन्त्री र ओलीबीच चार पटक भेटवार्ता भइसकेको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया