टर्की भूकम्प : ९ हजार भन्दा बढीको मृत्यु
इस्तानबुल । टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म नौ हजार पाँच सय ७८ जनाको मृत्यु भएको छ ।
हालसम्म टर्कीमा सात हजार एक सय आठ सय र सिरियामा दुई हजार चार सय ७० जनाले ज्यान गुमाएका दुवै देशका सरकारी अधिकारीहरूले बताएका छन् ।
टर्कीमा मात्र ४० हजारभन्दा बढी घाइते भएका छन् । प्रतिकूल मौसमका कारण खोज तथा उद्धारमा अवरोध भएको छ । यद्यपि उद्धारकर्मीहरू भग्नावशेषमा पुरिएकाहरूको खोजीमा जुटेका छन् ।
करिब छ हजार भवन भत्केकाले ज्यान गुमाउनेको सङ्ख्या बढ्ने प्रभावित क्षेत्रमा खटिएका उद्धारकर्मी र चिकित्सकले बताएका छन् । उद्धार तथा राहतको अनुगमन एवम् समन्वय गरिरहेका संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूले २० हजार मानिस हताहत भएका अनुमान गरेका छन् ।
भूकम्पबाट अति प्रभावित १० प्रान्तमा तीनमहिने आपत्काल घोषणा गरिएको छ । अन्तर्राष्ट्रिय समुदायले टर्कीए र सिरियामा राहत सामग्रीसहित उद्धारकर्मी परिचालन गरेको छ । बेलायतका नवनियुक्त सत्तारुढ कञ्जरवेटिभ पार्टीका अध्यक्षले टर्कीएको अनुरोधअनुसार थप सहायता उपलव्ध गराउने बताएका छन् ।
युरोपेली सङ्घ, रुसी महासङ्घ, इजरायल, चीन, भारत, पाकिस्तान, ग्रीस, जर्मनी, लेबनान, दक्षिण कोरिया, जापान, अष्ट्रेलियाले पनि आफ्नो सामथ्र्यअनुसार आर्थिक एवम् भौतिक सहायता उपलव्ध गराएका छन् । इजरायल, चीन र भारतले चिकित्सक, इञ्जिनियर र भारी उपकरणका साथ उद्धारकर्मी परिचालन गरेका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया