राप्रपा : पूर्वअध्यक्ष लोहनीको अध्यक्षतामा केन्द्रीय निर्देशन समिति गठन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीका पूर्वअध्यक्ष डा प्रकाशचन्द्र लोहनीको अध्यक्षतामा केन्द्रीय निर्देशन समिति गठन गरेको छ ।
पार्टीको विधानबमोजिम र केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार सो समितिलाई पूर्णता दिएको हो । पार्टीका सबै वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र महामन्त्रीहरू रहेको समितिमा विधानबमोजिमका सबै पदेन सदस्यहरूलाई समावेश गरिएको प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
पार्टीका वरिष्ठ नेता दीपक बोहरा, सल्लाहकार समितिका अध्यक्ष निरञ्जन थापा, केन्द्रीय नेताहरू रामकुमार सुब्बा, जयन्त चन्द र उद्धव पौडेल सदस्यमा छन् भने आमन्त्रित सदस्यमा कोषाध्यक्ष नीलकण्ठ काफ्ले र नेता ऋषिबाबु परियार छन् ।
पार्टीको नीति तथा कार्यक्रम प्रभावकारी बनाएर जनमुखी कार्य सञ्चालन गर्न केन्द्रीय नेतृत्वका साथै पार्टीका तर्फबाट सरकारमा प्रतिनिधित्व गरेका नेतालाई समन्वय तथा आवश्यक सुझाव र निर्देशन समितिले दिनेछ ।
यसअघि वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई विधान समितिको संयोजकको जिम्मेवारी दिएको थियो । पार्टीले आगामी फागुनको तेस्रो सातामा केन्द्रीय समितिको बैठक काठमाडौँमा बोलाएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया