राष्ट्रपति उम्मेदवारबारे छलफल गर्न उच्चस्तरीय संयन्त्रको बैठक बस्दै
काठमाडौं । सरकारलाई सुझाव दिन गठित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्ने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको सहमतिअनुसार, बिहीबार बैठक बस्न लागेको हो । ओली संयन्त्रका संयोजक हुन् ।
बैठकको मुख्य एजेण्डा राष्ट्रपति निर्वाचन रहेको बताइएको छ । राष्ट्रपतिको निर्वाचन आगामी फागुन २५ गते हुँदैछ । तर सत्तासाझेदार दलबीच राष्ट्रपति उम्मेदवारबारे सहमति हुन सकेको छैन । एमालेले पूर्वसहमतिअनुसार आफ्नो उम्मेदवारलाई समर्थन गर्नुपर्ने मत राख्दै आएको छ भने प्रधानमन्त्रीले राष्ट्रिय सहमतिमा जोड दिइरहेका छन् । यसले सत्तागठबन्धनमा अविश्वाससमेत बढाएको छ ।
बैठकमा सरकारको काम कारबाही, राष्ट्रिय स्वतन्त्र पार्टी बाहिरिएपछिको अवस्थालगायत विषयमा पनि छलफल हुने बताइएको छ ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने


प्रतिक्रिया