राष्ट्रपति उम्मेदवारबारे छलफल गर्न उच्चस्तरीय संयन्त्रको बैठक बस्दै

काठमाडौं । सरकारलाई सुझाव दिन गठित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्ने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको सहमतिअनुसार, बिहीबार बैठक बस्न लागेको हो । ओली संयन्त्रका संयोजक हुन् ।
बैठकको मुख्य एजेण्डा राष्ट्रपति निर्वाचन रहेको बताइएको छ । राष्ट्रपतिको निर्वाचन आगामी फागुन २५ गते हुँदैछ । तर सत्तासाझेदार दलबीच राष्ट्रपति उम्मेदवारबारे सहमति हुन सकेको छैन । एमालेले पूर्वसहमतिअनुसार आफ्नो उम्मेदवारलाई समर्थन गर्नुपर्ने मत राख्दै आएको छ भने प्रधानमन्त्रीले राष्ट्रिय सहमतिमा जोड दिइरहेका छन् । यसले सत्तागठबन्धनमा अविश्वाससमेत बढाएको छ ।
बैठकमा सरकारको काम कारबाही, राष्ट्रिय स्वतन्त्र पार्टी बाहिरिएपछिको अवस्थालगायत विषयमा पनि छलफल हुने बताइएको छ ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया