NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

एक महिनामै ढल्यो सुदूरपश्चिम सरकार : अब के हुन्छ ?

काठमाडौं । सुदूरपश्चिम सरकारका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत गुमाएका छन् । गहिरिँदो सत्तासंकटकाबीच रावलले बिहीबार प्रदेश सभामा विश्वासको मत मागेका थिए । तर सत्तारूढ दल नाउपाका सांसदहरूले विश्वासको मत नदिँदा रावलको सरकार ढलेको हो ।

बुधबार विश्वासको मत लिने तयारी गरेका रावलले सत्तारूढ दल नाउपाले मत नदिने अडान लिएपछि बैठक पटक–पटक स्थगित भएको थियो ।

५३ सदस्यीय प्रदेश सभामा विश्वासको मत पाउन २७ मत चाहिन्छ । तीमध्ये प्रदेश सभामा कांग्रेसको १८, माओवादी केन्द्रको ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीको ४, राप्रपा र स्वतन्त्रका एक/एक सांसद छन् । सत्तापक्षसँग २९ सिट रहेकोमा नाउपाले सरकारलाई विश्वासको मत नदिएपछि संविधान बमोजिम मुख्यमन्त्री स्वतः पदमुक्त भएका हुन् ।

सुदूरपश्चिम सरकार संकट : मुख्यमन्त्री रावलले विश्वासको मत नपाए के हुन्छ ?

संविधानको धारा १६८ को उपधारा ४ मा (२) वा (३) बमोजिम मुख्यमन्त्रीमा नियुक्त मुख्यमन्त्रीले त्यसरी नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने छ । उपधारा (३) बमोजिम नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र उपधारा (४) अनुसार विश्वासको मत लिन नसके प्रदेश प्रमुखले सभाका सबैभन्दा ठूलो दलका नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछ ।

मुख्यमन्त्री रावलले विश्वासको मत गुमाएपछि ठूलो दलका हैसियतले कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्री नियुक्त हुनेछन् ।