चैतसम्म ऋण भुक्तानी गर्दा छुट
काठमाडाैं । नेपाल बैंकले ऋणीहरूलाई कर्जा चुक्ता गरे ब्याज छुट दिने भएको छ । नेपाल बैंकले शुक्रबार एक सूचना जारी गर्दै आगामी चैत मसान्तसम्म ऋण भुक्तानी गर्दा ब्याजमा छुट पाइने जनाएको हो ।
‘बैंकले २०७९ को चैत मसान्त अगाडिभित्र कर्जा चुक्ता (ऋण भुक्तानी) गर्दा खराब वर्गमा वर्गीकरण भएका बक्यौता साँवा रु २५ लाखसम्मका खराब कर्जा तथा उपलेखित कर्जा ऋणीहरूलाई ब्याजमा छुट सुविधा दिइनेछ’, बैंकले जारी गरेको सूचनामा भनिएको छ ।
बैंकको ब्याज छुटसहितको अवसर प्राप्त गरी कर्जा चुक्ता गर्नका लागि शाखा कार्यालय वा प्रधान कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ । बैंकले बक्यौता साँवा रु एक लाखसम्मका कर्जामा बाँकी साँवाको १० प्रतिशत, रु पाँच लाखसम्मका कर्जामा ३० प्रतिशत, रु १० लाखसम्मका कर्जामा ४० प्रतिशत, रु १५ लाखसम्मका कर्जामा ६० प्रतिशत, रु २० लाखसम्मका कर्जाम ७० प्रतिशत र रु २५ लाखसम्मका कर्जामा ८० प्रतिशत बराबरको रकम ब्याज लिएर बाँकी ब्याज मिनाहा गर्ने बैंकले जनाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया