तीन नेपाली महिला वैज्ञानिकलाई अन्तर्राष्ट्रिय अवार्ड
काठमाडौं । तीन नेपाली महिला वैज्ञानिकले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेका छन् ।
वैज्ञानिकद्वय शुभांशी सुवेदी दाहाल र सुप्रिया शर्मालाई अर्गनाइजेसन फर वुमेन इन साइन्स फर द डेभ्लोपिङ वर्ल्ड अवार्ड २०२२ अवार्ड दिइएको हो । अवार्डको राशि ५०/५० हजार अमेरिकी डलर छ । दुवै त्रिभुवन विश्वविद्यालयका प्राध्यापक हुन् । सुवेदी त्रिचन्द्र क्याम्पस र शर्मा त्रिवि माइक्रोबायोलोजी केन्द्रीय विभागका उपप्राध्यापक हुन् ।
त्यसैगरी, हेम्बोल्ड रिसर्च अवार्डबाट वविता पौडेल भट्टराईलाई दिइएको छ । ३० हजार राशिको यो पुरस्कार प्राप्त गर्ने पौडेल सेन्टर फर नेचुरल एण्ड एप्लाइड साइन्सेसको अनुसन्धानकर्ता हुन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया