एनआइसी एशिया बैंकको भ्यालेन्टाइन डे अफर, ‘सेलिब्रेट लभ वीथ एनआइसी एशिया बैंक’
काठमाडौं । एनआइसी एशिया बैंकले भ्यालेन्टाइन डे ‘फेब्रुअरी १४’ लाई लक्षित गर्दै ‘सेलिब्रेट लभ वीथ एनआइसी एशिया बैंक’ योजना सार्वजनिक गरेको छ ।
यो योजनाअन्तर्गत पहिलो पटक डिजिटल कारोबार गर्दा १४ प्रतिशत क्यासब्याकको साथमा २० जनालाई तारे होटलमा आफ्नो साथीसँग डिनर गर्ने अवसर रहेको कम्पनीले जनाएको छ ।
यो योजना बैंकको मोबाइल बैंकिङ्ग (NIC ASIA MoBank) एप तथा डेबिट वा क्रेडिट कार्डबाट पहिलो पटक भुक्तानी गर्ने ग्राहकलाई लक्षित गरेर ल्याइएको जनाइएको छ ।
यो योजना माघ २८ देखि २०७९ फाल्गुन १ (२०२३ फेब्रुअरी ११ देखि २०२३ फेब्रुअरी १३) सम्म सञ्चालन हुने छ । यो योजनाअन्तर्गत बैंकको मोबाइल बैंकिङ्ग एप तथा डेबिट वा क्रेडिट कार्डबाट विभिन्न मर्चेन्टहरूमा यस बैंकद्वारा राखिएको QR कोड तथा POS मेसिनमा पहिलो पटक कारोबार गर्ने ग्राहकलाई १४ प्रतिशत वा अधिकतम २०० रूपैयाँसम्म क्यासब्याक उपलब्ध हुनेछ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया