नेप्सेमा उच्च अंकको गिरावट, ३ अर्ब ४ करोडको कारोबार
काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्सेमा उच्च अंकको गिरावट दखिएको छ । आज नेप्से ६०.७७ अंकले घटेर २१२१.८६ विन्दुमा झरेको छ ।
आज आज कुल २५३ स्टकको २५ हजार २२६ पटक कारोबारमा ८१ लाख ३९ हजार ८४० कित्ता सेयर खरिदबिक्री हुँदा कुल ३ अर्ब ४ करोड ७७ लाख ३९ हजार ८१२ रूपैयाँको कारोबार भएको छ ।
आज सबै उपसमूहमा गिरावट देखिएको छ । सबैभन्दा बढी वित्तको ४.५९ प्रतिशतले घटेको छ । अन्य उपसमूहरूका बैंकिङ १.९९, विकास बैंक ३.६४, होटल तथा पर्यटन २.७४, जलविद्युत ४.०४, लगानी ३.७८, जीवन बीमा ३.२४, उत्पादन ४.०९, लघुवित्त २.१८, सामहिक लगानी ०.८३, नीर्जीवन २.५२, अन्य २.४० र व्यापार १.७५ प्रतिशतले घटेको छ ।
आज खप्तड लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताल सर्वाधिक ४.४८ प्रतिशतले कमाएका छन् । त्यस्तै सामलिङ पावर कम्पनी ३.७३, सयपत्री हाइड्रोपावर २.९०, बारही हाइड्रोपावरका लगानीकर्ताले २.३१ प्रतिशतका दरले कमाएका छन् ।
त्यस्तै न्यादी ग्रुप पावरका लगानीकर्ताले सबैभन्दा धेरै ६.६० प्रतिशतका दरले गुमाएका छन् । हिमालयन पावर पार्टनर ६.४४, खानीखोला हाइड्रोपावर ६.२५, ग्रीन लाइफ हाइड्रोपावर ६.१९ र बरूण हाइड्रोपावरका लगानीकर्ताले ६.१४ प्रतिशतका दरले गुमाएका छन् ।
आइतबार कारोबार रकमको आधारमा हिमालयन डिष्टिलरी शीर्ष स्थानमा छ, उक्त कम्पनीको १४ करोड ३७ लाख ६८ हजार ८९५ रूपैयाँको कारोबार भयो ।
दोस्रोमा न्यादी ग्रुप पावर ११ करोड २९ लाख ११ हजार, अपी पावर कम्पनी ७ करोड ८० लाख १६ हजार, अप्पर तामाकोशी ७ करोड ७६ लाख १० हजार र एनआइसी एशियाको ७ करोड ७१ लाख २५ हजार रूपैयाँको कारोबार भइ शीर्ष पाँचमा प्रवेश गरेका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया