NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

६ महिनामा ४ खर्ब ८३ अर्ब राजश्व संकलन

काठमाडाैं ।  सरकारले लक्ष्यअनुरूप राजश्व संकलन गर्न सकेको छैन । सरकारले चालु आवमा बजेट ल्याउँदा ६ महिनामा ६ खर्ब ५१ अर्ब रूपैयाँ बराबरको राजश्व उठाउने लक्ष्य राखेपनि त्योभन्दा कम राजश्व उठेको छ ।

अर्धवार्षिक समिक्षा सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पाैडेलले  चालु आव २०७९/८० को पुस मसान्तसम्ममा कुल ४ खर्ब ८३ अर्ब ७६ करोड राजश्व संकलन भएको जानकारी गराएको छ ।