बैशाख १० गते चितवन २ मा उपनिर्वाचन

काठमाडौं । निर्वाचन आयोगले चितवन क्षेत्र नम्बर २ मा आउँदो बैशाख १० गते उप निर्वाचन गर्ने भएको छ ।
उक्त क्षेत्रबाट निर्वाचत राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकोे सांसद पद सर्वोच्च अदालतले बदर गरेसँगै निर्वाचन क्षेत्र रिक्त भएको थियो ।
निर्वाचन ऐन, २०७४ को दफ ६८ बमोजिम प्रतिनिधि सभाको अवधि ६ महिनाभन्दा बढी कायम रहँदै रिक्त भएमा पदपूर्तिका लागि उपनिर्वाचन गर्ने नियम छ । आयोगको आज बसेको बैठकले उक्त निर्णय गरेको हो ।
प्रतिक्रिया