NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

माओवादी घटकहरूबीच छिट्टै पार्टी एकता हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वामपन्थीबीच छिट्टै पार्टी एकता हुने बताएका छन् ।

२८ औं ‘जनयुद्ध दिवस’ का अवसरमा सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा दाहालले छिट्टै हुने पार्टी एकताले उत्साह दिने बताएका हुन् ।

एउटै समाजवादी केन्द्र बनाएर जाने विषयमा विभिन्न वामपन्थी दलहरू र माओवादी घटकबीच छलफल भइरहेको र पुनः एकताबद्ध उनले हुने दाबी गरे ।

‘माओवादी धाराका विभिन्न समूहलाई अब एकताबद्ध भएर फेरि सामाजिक न्याय र रूपान्तरणका निम्ति अपिल गर्न चाहन्छु,’ उनले भने, ‘यो हामी सबैको निम्ति खुसीको कुरा हो, केही समयदेखि आन्दोलनलाई एकतावद्ध गर्ने प्रक्रिया अगाडि बढेको छ। सबैले आ–आफ्नो ढंगले त्यो एकता प्रक्रियालाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त पनि गरेका छन्।’

उनले कम्युनिष्ट र समाजवादी आन्दोलनका मोर्चासँग पनि समाजवादी मोर्चा बनाएर जाने विषयमा कुराकानी भइरहेको बताए। यसबारे सैद्धान्तिक सहमतिसमेत बनेको प्रचण्डको भनाइ थियो।

‘मलाई विश्वास छ छिट्टै पार्टी एकताको अर्को एउटा प्रक्रिया अघि आउनेछ र त्यसले आम माओवादी नेता कार्यकर्ता र जनतालाई पनि फेरि एकपटक नयाँ ढंगले उत्साहित र संगठित हुने वातावरण बन्नेछ।’

उनले ‘जनयुद्ध दिवस’ मा ढिलै भए पनि सरकारले बिदा दिएको र यो सहिदप्रति सम्मान र परिवर्तनका लागि संकल्प भएको जिकिर गरे ।

ताजा अपडेट

नेपालवाच विशेष