NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

व्यायाम अघि र पछि कस्ता खानेकुरा खाने ?

एजेन्सी । यदि तपाईं दैनिक व्यायाम गर्नुहुन्छ भने व्यायामको साथै व्यायाम अघि र पछि खाइने खानेकुरामा ध्यान दिन आवश्यक छ ।

शरीरमा उर्जा ल्याउन खानाको भूमिका महत्वपूण हुन्छ । धेरै व्यक्ति व्यायामको समयमा खाना खाँदैनन्। तर व्यायाम खाली पेटमा भन्दा केही खानेकुरा खाएर गर्दा राम्रो मानिन्छ ।

यदि व्यायाम पछि ४५ मिनेट वा ३ घण्टा भित्र केही खाइएन भने यसले तपाईको मोटाबोलिजम घटाउँछ र तपाईलाई थकित र कमजोर बनाइदिन्छ । व्यायाम गर्नुपूर्व थोरै फलफूल र ड्राई फ्रुट्स लिन सकिन्छ । व्यायाम गर्दा मासंपेशीहरुमा जोड परीरहेको हुन्छ । जसलाई ठीक गर्न खानामा प्रोटिनको सहारा लिने सकिन्छ ।

तर प्रोटिन मात्र लिँदा यसले ग्यासको समसस्या उत्पन्न गराउँछ । त्यसैले व्यायामपछि सबै प्रकारका पोषण खानामा समावेश गर्नुपर्छ ।
व्ययामपछिको खानामा दूध, सिमी, कुटीर चीज, भटमास, आलु समावेश गर्दा पनि यसले स्वास्थ्यका लागि राम्रो गर्छ ।

यसमा प्रशस्त मात्रामा फाइबर, भिटामिन ए र पोटासियम पाइन्छ। जुन कार्बोहाइड्रेटका राम्रो स्रोत हुन्। व्यायामपछि बदाम, काजु, पिस्तालाई समिश्रण गरी स्मूदी बनाएर पनि खान सकिनछ । किसमिस फाइबर, भिटामिन र खनिज को एक राम्रो स्रोत हो।

तौल घटाउन व्यायाम गर्दैहुनुहुन्छ भने पनि किसमिसको सेवन लाभदायिक नै मानिन्छ । योसँगै तौल घटाउने व्यायामपछि ओट्स खानपनि सक्नुहुन्छ । ओट्समा पाइने कार्बोहाइड्रेटले कसरत पछि शरीरको ऊर्जा पुन स्थापित गर्छ ।

अध्ययनका अनुसार ओट्समा भिटामिन ई, एन्टिअक्सिडेन्ट र फाइटोन्यूट्रिएन्ट प्रचुर मात्रामा पाइन्छ । यो तपाईंको भोक र खराब कोलेस्ट्रोल कम गर्न प्रभावकारी छ।

योग वा व्यायाम गर्न शरीरलाई ऊर्जा चाहिन्छ । यसका लागि, तपाईंले व्यायाम अघि र पछि केही खान जरुरी छ । यसले ऊर्जा स्तर बढाउँछ र व्यायामको समयमा ऊर्जा दिन्छ।