NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

१३ अंकले नेप्से घट्दा यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

काठमाडौं । बुधबार पनि नेप्सेमा गिरावट दखिएको छ । आज नेप्से १३.९० अंकले घटेर २०९१.५६ विन्दुमा झरेको छ ।

आज आज कुल २५६ स्टकको ३३ हजार ४८३ पटक कारोबारमा ४८ लाख १५ हजार १२० कित्ता सेयर खरिदबिक्री हुँदा कुल १ अर्ब ७३ करोड २२ लाख ७५ हजार २०२ रूपैयाँको कारोबार भएको छ ।

आज उत्पादनबाहेकका सबै उपसमूहमा गिरावट देखिएको छ । उत्पान ०.९० प्रतिशतले बढेको छ ।

आज सबैभन्दा बढी होटल तथा पर्यटन १.२४ प्रतिशतले घटेको छ । अन्य उपसमूहरूका बैंकिङ ०.५०, विकास बैंक ०.५५, होटल जलविद्युत ०.९४, लगानी ०.७५, जीवन बीमा १.१०, लघुवित्त ०.६५, सामहिक लगानी ०.६८, नीर्जीवन ०.७९, अन्य १.१४ र व्यापार ०.४३ प्रतिशतले घटेको छ ।

आज युनिलिभर नेपाल लिमिटेडका लगानीकर्ताल सर्वाधिक ८.५४ प्रतिशतले कमाएका छन् । त्यस्तै बारही हाइड्रोपावर कम्पनी ७.५०, कर्पोरेट डेभलपमेन्ट ४.१७, अरूण भ्याली डेभलपमेन्ट ४.०१ र अरूण काबेली २.९९ प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै बुधबार गरिमा डिवेञ्चर ९.९७, विजया लघुवित्त ४.७६, माहुली लघुवित्त ४.४८, पञ्चकन्या मे हाइड्रोपावर ३.५० र नेपाल इन्स्योरेन्सका लगानीकर्ताले प्रतिशतका ३.४६ प्रतिशतका दरले गुमाएका छन् ।

बुधबार कारोबार रकमको आधारमा अपी पावर कम्पनी शीर्ष स्थानमा छ । उक्त कम्पनीको ६ करोड २० लाख ९ हजार ३०३ रूपैयाँको कारोबार भयो ।

दोस्रोमा अरूण काबेली पावरको ५ करोड ४८ लाख ५३ हजार रूपैयाँको कारोबार भएको छ । त्यस्तै एनआइसी एशिया ४ करोड ६९ लाख ५ हजार, हिमालयन डिष्टिलरी ३ करोड ७८ लाख ५६ हजार र न्यादी ग्रुप पावर ३ करड ६२ लाख २ हजार रूपैयाँको कारोबार भइ शीर्ष पाँचमा प्रवेश गरेका छन् ।