युक्रेनको शान्तिका लागि चीन र फ्रान्स समन्वय गर्न सहमत

एजेन्सी । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँ र चीनका उच्च कूटनीतिज्ञ वाङ यीबीच युक्रेनमा ‘शान्तिस्थापनाका लागि’ योगदान गर्न सहमति भएको फ्रान्सका राष्ट्रपतिकोको कार्यालयले बिहीबार जनाएको छ ।
मस्कोको महत्वपूर्ण सहयोगी रहेको र करिब एक वर्षअघि युक्रेनमाथि भएको आक्रमणको निन्दा नगरेको बेइजिङले रूसलाई वार्ताको टेबलमा फर्कन दबाब दिनेछ भन्ने विश्वास आफूलाई रहेको म्याक्रोँले बताएका छन् । बुधबार पेरिसमा म्याक्रोँ र वाङले युद्ध र यसले अति जोखिममा रहेका मुलुकहरूमा पार्ने विशेषगरी खाद्य सुरक्षा र वित्तीय क्षमताका बारेमा असरबारेमा छलफल गरेका थिए ।
उनीहरूले ‘अन्तर्राष्ट्रिय कानूनअनुसार शान्तिका लागि योगदान गर्ने एउटै उद्देश्य’ व्यक्त गरेको एलिसी प्यालेसले जनाएको छ । फ्रान्स भ्रमणपछि वाङले शुक्रबारदेखि आइतबारसम्म हुने म्युनिख सुरक्षा सम्मेलनमा सहभागी हुँदै आफ्नो भ्रमणलाई निरन्तरता दिनेछन् ।
उनले मस्कोको पनि भ्रमण गर्नेछन् । फ्रान्सेली राष्ट्रपतिले जलवायु संकटलगायत ‘विश्वव्यापी चुनौती’को सामना गर्न चीनसँग सहकार्य गर्ने बताएका छन् । वाङले बुधबार फ्रान्सकी विदेशमन्त्री क्याथरिन कोलोनासँग भेटवार्ता गरेका थिए भने बिहीबार उनले म्याक्रोँका कूटनीतिक सल्लाहकार इमानुएल बोनसँग रणनीतिक विषयमा छलफल गर्नेछन् ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया