पूर्वी चीनकाे भवनमा आगलागी हुँदा छ जनाको मृत्यु, २८ घाइते
चीन । पूर्वी चीनको जियाङ्सु प्रान्तमा बिहीबार बिहान एक भवनमा आगलागी हुँदा छ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । उक्त घटनामा अन्य २८ जना घाइते भएका स्थानीय अधिकारीले बताएका छन् ।
सुझोउ शहरको सियाङचेङ जिल्लाको वेइटाङ बजारमा बिहान ६ः०७ बजे भएको आगलागी करिब एक घण्टापछि नियन्त्रणमा लिइएको थियो । आगलागीका कारण भएका घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ ।
घाइतेमध्ये दुई जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको उपचारमा सम्लग्न चिकित्सकले जनाएका छन् । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया