NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

जेलमा आगलागी हुँदा तीनको मृत्यु, ४३ घाइते

एजेन्सी । ब्राजिलको दक्षिणी कारागारमा आगलागीमा परी कम्तीमा तीन कैदीको मृत्यु भएको छ । उक्त घटनामा अन्य ४३ जना घाइते भएका स्थानीय अधिकारीले बताएका छन् ।

सान्ता क्याटारिना राज्यको फ्लोरियानो पोलिस राज्यको कारागारको एउटा कोठामा रहेको एउटा डसनाबाट आगलागी सुरू भएकोे पेनिटेन्टियरी अफेयर्स कमिसनका प्रमुख विलियम शिन्जाटोले जानकारी दिए ।

ब्राजिलको बार एशोसिएशन अर्डर अफ लयर्सका अनुसार तीनै जनाको मृत्यु धुवाँले निस्सासिएर भएको पुष्टि भएको छ । ब्राजिलको ग्लोबोन्यूज अनलाइन पत्रिकाका अनुसार आगो नियन्त्रणमा लिइएको र जेलको अन्य भागमा फैलिएको छैन ।