NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ८ गते

एक क्लिकमा ८४ लाख गायब !

एजेन्सी । पछिल्लो समय विश्वमा प्रविधि छिटोछिटो विकास भइरहको छ । प्रविधिको तीव्र विकाससँगै यसले मानव जीवनलाई धेरै सहज बनाएको छ । प्रविधिले एकातिर मानव जीवनलाई सहज बनाएको छ नै अर्कातिर यसको व्यापक मात्रामा दुरूपयोग बढेको छ । परिणामस्वरूप पछिल्लो समय धेरै मात्रामा अनलाइन ठगीका घटना बाहिर आउन थालेका छन् ।

यस्तैमा एक जना अस्ट्रेलियन नागरिक ५४ वर्षीय मार्क रोस पनि अनलाइन ठगीको सिकार भएका छन् । उनले जीवनभर संघर्ष गरेर कमाएको ८४ लाख रूपैयाँ (करिब ३० हजार डलर) पैसा एकपलमै गुमाएका छन् । अहिले उनी निकै पीडामा भएको पनि बताइएको छ । आफ्नो सानो गल्तीले एक क्लिकमा सबै सम्पति समाप्त भएको उनले बताएका छन् ।

अहिले उनी बाबुआमाको घरमा गएर बस्न बाध्य छन् । आफू अनलाइन कारोबारबाट ठगिएकोबारे उनी आफैंले सेयर गरेका हुन् ।

उनका भनाइअनुसार उनलाई क्रिप्टोकरेन्सीको अफर आएको थियो । जसमा लगानी गर्नुको सट्टा थप पैसा दिने भनेर भनिएको थियो । उनले यो कुरा सजिलै पत्याए र त्यो अफर स्वीकार गरे । तर पछि उनको खातामा कुनै पैसा आएन । उनले यसबारे सोध्दा त्यताबाट कुनै जवाफ आएन ।

मार्क आईटी कर्मचारीसमेत हुन् । उनी भन्छन्, ‘त्यो घटनापछि मैले सबै गुमाएँ । मसँग कुनै नगद बाँकी थिएन, जागिर थिएन,  त्यसमाथि म एकल बुवा हुँ, परिवारको जिम्वेवारी ममाथि नै थियो ।’

घरखर्च चलाउन, भाडा तिर्न कुनै पैसा नभएपछि बुढेसकाल लागिसकेका बाबुआमाको शरण पर्न बाध्य भएको उनले खुलाएका छन् ।

ठगीको फन्दामा कसरी फसे उनी ?

मार्कले एक वर्ष पहिले टेलिग्राममा बोनस समर्थनसम्बन्धी भिडियो देखेका थिए । उनलाई त्यो भिडियोमा शंका लागेको थियो तर संसारभरका सयौँ मानिसले राम्रो प्रतिफल पाइरहेका छन् भन्ने उनले बुझे र विश्वास गर्न बाध्य भए । उनले त्यसको अन्य ग्राहकहरूसँग कुरा गरेर पनि बुझेर हेरे, तर अन्तिममा अहिले सबै गुमाएपछि उनलाई यी सबै फेक अकाउन्ट भएको थाहा पाए । मार्कले आफ्नो सम्पूर्ण बचत एकै चोटि ट्रान्सफर गरेर ठूलो गल्ती गरेको बताएका छन् ।

आफ्नो सबै पैसा गुमाइसकेपछि पनि उनलाई एक ठगीले आफ्नो हराएको पैसा फिर्ता गर्ने त्यसको बदलामा १०० डलर लिने बताए, तर त्यसले न पैसा फिर्ता ल्याइदियो न मान्छे नै फर्केर आयो ।

बाबुआमा नभएको भए सडकमा आउन सक्ने उनको भनाइ छ । यतिबेला उनी निकै तनावमा छन् । उनको म्यासेजको स्क्रिनसट पनि यत्तिबेला भाइरल भइरहेको छ ।  सन्देशमा उनले ठगीलाई पैसा फिर्ता गर्न बिन्ती गरिरहेका छन् । उनले यस सम्बन्धी प्रहरीमा उजुरी समेत गरेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष