NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

दोहोरो अंकले नेप्से घट्दा यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से २३.६० अंकले घटेर २०४६.८१ विन्दुमा झरेको छ ।

आज आज कुल २५८ स्टकको ३८ हजार ४१५ पटक कारोबारमा ६० लाख ९१ हजार ३५३ कित्ता सेयर खरिदबिक्री हुँदा कुल १ अर्ब ९४ करोड ७६ लाख २३ हजार ९९३ रूपैयाँको कारोबार भएको छ ।

आज म्युचल फण्ड र व्यापारबाहेकका सबै उपसमूहमा गिरावट देखिएको छ । म्युचल फण्ड ०.७९ र व्यापार ०.४० प्रतिशतले बढेको छ ।

आज सबैभन्दा बढी उत्पादनको ३.२० प्रतिशतले घटेको छ । अन्य उपसमूहरूका बैंकिङ ०.७५, विकास बैंक १.०७, वित्त ०.८२, होटल तथा पर्यटन ०.९०, जलविद्युत ०.९५, लगानी ३.८१, जीवन बीमा ०.८४, लघुवित्त २.३४, नीर्जीवन बीमा ०.७१ र  अन्य १.४८ र प्रतिशतले घटेको छ ।

आज राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको सेयरमा सकारात्मक सर्किट लागेको छ । उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।

त्यस्तै दोर्दी खोला जलविद्युत ४.१७, एनएमबी हाइड्रो फण्ड १ ३.९६, कालिका पावर २.०४ र एनएमबी ५० का लगानीकर्ताले २.०२ प्रतिशतले गुमाएका छन् ।

त्यस्तै जीवन विकास  लघुवित्तका लगानीर्ताले सर्वाधिक ९.१५ प्रतिशतका दरले गुमाएका छन् । त्यस्तै उपकार लघुवित्त ७.४२, हिमालय डिष्टिलरी ५.३१, वीन नेपाल लघुवपित्त ५.० र सुमिट लघुवित्तका लगानीकर्ताले ४.९६ प्रतिशतका दरले गुमाएका छन् ।

सोमबार कारोबार रकमको आधारमा हिमालयन डिष्टिलरी शीर्ष स्थानमा छ, उक्त कम्पनीको २० करोड ८२ ५६ हजार ७४० रूपैयाँको कारोबार भयो ।

दोस्रोमा साल्ट ट्रेडिङ कर्पोरेशन ११ करोड ४८ लाख ४७ हजार, जीवन विकास लघुवित्त ६ करोड ५५ लाख ५५ हजार, एनआइसी एशिया ५ करोड ५५ लाख ९१ हजार र सानिमा बैंक ४ करोड ६५ लाख ७६ हजार रूपैयाँको कारोबार भइ शीर्ष पाँचमा प्रवेश गरेका छन् ।