सुनको मूल्य घट्यो, चाँदी स्थिर

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला २ सय रूपैयाँले घटेको छ ।
अघिल्लो दिन प्रतितोला एक लाख तीन हजार २ सय रूपैयाँ तोकिएको सुनको मूल्य मंगलबार एक लाख तीन हजार रूपैयाँ कायम भएको छ ।
त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २ हजार पाँच सय छ । अघिल्लो कारोबार दिन तेजावी सुन प्रतितोला एक लाख २ हजार सात सय रूपैयाँ थियो ।
आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहेको छ । महासंघका अनुसार आज चाँदी सोमबारकै मूल्य एक लाख २९० रूपैयाँमा कारोबार भइरहेको हो ।
महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
ताजा अपडेट
-
काठमाडौँ महानगरमा कक्षा ११ मा पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला
-
नक्सालमा जनकपुरे माछा
-
किवीखेतीबाट गाउँमै भविष्य खोज्दै युवा
-
ताप्लेजुङमा पहिरोले घर पुरिँदा चार जना घाइते
-
राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता
प्रतिक्रिया