३३ अंकले नेप्से बढ्दा यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक
काठमाडौं । निरन्तर १३ दिन घटेपछि आजको कारोबारमा नेप्से बढेको छ । बुधबार नेप्से ३३.५७ अंकले बढेर २०८०.३८ विन्दुमा पुगेको हो ।
आज कुल २६९ स्टकको ३९ हजार ९९६ पटक कारोबारमा ४७ लाख ७९ हजार ७९६ कित्ता सेयर खरिदबिक्री हुँदा कुल १ अर्ब ८० करोड ३२ लाख ८२ हजार १८० रूपैयाँको कारोबार भएको छ ।
आज तीन उपसमूह बाहेकका सबै उपसमूहमा हरियाली छाएको छ । तीन उपसमूहरूमा क्रमश: लघुवित्त १.४०, म्युचल फण्ड ०.१५, र व्यापार ०.० प्रतिशतले घटेको छ । आज सबैभन्दा बढी जलविद्युत उपसमूह ३.८५ प्रतिशतले बढेको छ ।
अन्य उपसमूहरूमा बैंकिङ १.२५, विकास बैंक २.२३, वित्त २.८९, होटल तथा पर्यटन ३.०७, लगानी २.५३, जीवन बीमा १.९२, उत्पादन १.४४, नीर्जीवन २.०३, अन्य १.७९ प्रतिशतले बढेको छ ।
बुधबार लिर्वटी इनर्जीका लगानीकर्ताले सर्वाधिक ९.८० प्रतिशतका दरले कमाएका छन् । त्यस्तै छ्याङदी हाइड्रोपावर ९.५६, दोर्दीखोला ९.०, पिपुल्स पावर ८.४० र रिभर फल्स ७.८० प्रतिशतका दरले कमाएका छन् ।
आज आदर्श लघुवित्तका सेयरमा नकारात्मक सर्किट लागेको छ । यी कम्पनीका लगानीर्ताले १० प्रतिशतका दरले गुमाएका छन् । त्यस्तै खप्तड लघुवित्त ७.८५, उपकार लघुवित्त ६.९९, सिर्जनशील ५.८८, र अधिखोला लघुवित्तका लागनीकर्ताले ५.१६ प्रतिशतका दरले गुमाएका छन् ।
बुधबार कारोबार रकमको आधारमा हिमालयन डिष्टिलरी शीर्ष स्थानमा छ, उक्त कम्पनीको १३ करोड २७ लाख ७५ हजार ८६६ रूपैयाँको कारोबार भयो ।
दोस्रोमा जीवन विकास लघुवित्त ४ करोड ९२ लाख ४९ हजार, ग्लोबल आइएमइ बैंक ४ करोड ६१ लाख ३४ हजार, एनआइसी एशिया ४ करोड ५२ लाख १७ हजार र न्यादी ग्रुप पावरको ४ करोड १६ लाख ५२ हजार रूपैयाँको कारोबार भइ शीर्ष पाँचमा प्रवेश गरेका छन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया