३३ अंकले नेप्से बढ्दा यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

काठमाडौं । निरन्तर १३ दिन घटेपछि आजको कारोबारमा नेप्से बढेको छ । बुधबार नेप्से ३३.५७ अंकले बढेर २०८०.३८ विन्दुमा पुगेको हो ।
आज कुल २६९ स्टकको ३९ हजार ९९६ पटक कारोबारमा ४७ लाख ७९ हजार ७९६ कित्ता सेयर खरिदबिक्री हुँदा कुल १ अर्ब ८० करोड ३२ लाख ८२ हजार १८० रूपैयाँको कारोबार भएको छ ।
आज तीन उपसमूह बाहेकका सबै उपसमूहमा हरियाली छाएको छ । तीन उपसमूहरूमा क्रमश: लघुवित्त १.४०, म्युचल फण्ड ०.१५, र व्यापार ०.० प्रतिशतले घटेको छ । आज सबैभन्दा बढी जलविद्युत उपसमूह ३.८५ प्रतिशतले बढेको छ ।
अन्य उपसमूहरूमा बैंकिङ १.२५, विकास बैंक २.२३, वित्त २.८९, होटल तथा पर्यटन ३.०७, लगानी २.५३, जीवन बीमा १.९२, उत्पादन १.४४, नीर्जीवन २.०३, अन्य १.७९ प्रतिशतले बढेको छ ।
बुधबार लिर्वटी इनर्जीका लगानीकर्ताले सर्वाधिक ९.८० प्रतिशतका दरले कमाएका छन् । त्यस्तै छ्याङदी हाइड्रोपावर ९.५६, दोर्दीखोला ९.०, पिपुल्स पावर ८.४० र रिभर फल्स ७.८० प्रतिशतका दरले कमाएका छन् ।
आज आदर्श लघुवित्तका सेयरमा नकारात्मक सर्किट लागेको छ । यी कम्पनीका लगानीर्ताले १० प्रतिशतका दरले गुमाएका छन् । त्यस्तै खप्तड लघुवित्त ७.८५, उपकार लघुवित्त ६.९९, सिर्जनशील ५.८८, र अधिखोला लघुवित्तका लागनीकर्ताले ५.१६ प्रतिशतका दरले गुमाएका छन् ।
बुधबार कारोबार रकमको आधारमा हिमालयन डिष्टिलरी शीर्ष स्थानमा छ, उक्त कम्पनीको १३ करोड २७ लाख ७५ हजार ८६६ रूपैयाँको कारोबार भयो ।
दोस्रोमा जीवन विकास लघुवित्त ४ करोड ९२ लाख ४९ हजार, ग्लोबल आइएमइ बैंक ४ करोड ६१ लाख ३४ हजार, एनआइसी एशिया ४ करोड ५२ लाख १७ हजार र न्यादी ग्रुप पावरको ४ करोड १६ लाख ५२ हजार रूपैयाँको कारोबार भइ शीर्ष पाँचमा प्रवेश गरेका छन् ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया