४५ ग्राम लागु औषधसहित एक जना पक्राउ

काठमाडौं । कपिलवस्तु महाराजगंजस्थित बहादुरगंज तौलिहवा सडक खण्डको कन्चनिया पुल नजिक ४५ ग्राम लागुऔषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कपिलवस्तु शिवराज नगरपालिका वडा नं ४ चनई बस्ने दुर्गा जैसवाल रहेका छन् । उनलाई सोमबार पक्राउ गरेको प्रहरी कार्यालय कृष्णनगर कपिलवस्तुले जनाएको छ ।
उनीमाथि कपिवस्तु जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ । ईलाका प्रहरी कार्यालय कृष्णनगरले चालु आर्थिक वर्ष ०७९ /०८० मा ४ महिलासहित ५ पुरुष पक्राउ गरी कारबाही गरेको छ ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया