विवादास्पद व्यवसायी भेटवाल पक्राउ

काठमाडौं । निर्माण व्यवसायी मनोज भेटवाल पक्राउ परेका छन् । उनलाई बिहीबार बिहान आफ्नै निवासबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
पैसा नभएको खाताको चेक दिएपछि भेटवालविरुद्ध प्रहरीमा बैंकिङ कसुर सम्बन्धी उजुरी परेको थियो । सोही उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।
भेटवाल विवादास्पद निर्माण व्यवसायी हुन् । यसअघि उनले यस्तै कसुरमा प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । काठमाडौंको पुरानो बसपार्कको भ्यू टावर निर्माण अलपत्र पारेका उनले खुलामञ्चभित्र बसपार्क सञ्चालन हुँदा अनधिकृत ढंगले सटर र स्टल बनाएर भाडामा लगाएका थिए ।
ताजा अपडेट
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?
-
आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
प्रतिक्रिया