विवादास्पद व्यवसायी भेटवाल पक्राउ
काठमाडौं । निर्माण व्यवसायी मनोज भेटवाल पक्राउ परेका छन् । उनलाई बिहीबार बिहान आफ्नै निवासबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
पैसा नभएको खाताको चेक दिएपछि भेटवालविरुद्ध प्रहरीमा बैंकिङ कसुर सम्बन्धी उजुरी परेको थियो । सोही उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।
भेटवाल विवादास्पद निर्माण व्यवसायी हुन् । यसअघि उनले यस्तै कसुरमा प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । काठमाडौंको पुरानो बसपार्कको भ्यू टावर निर्माण अलपत्र पारेका उनले खुलामञ्चभित्र बसपार्क सञ्चालन हुँदा अनधिकृत ढंगले सटर र स्टल बनाएर भाडामा लगाएका थिए ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया