सात महिनामा १४ अर्ब ७६ करोडको स्मार्टफोन नेपाल भित्रिए

काठमाडाैं । सरकारले महंगो स्मार्टफोन आयातमा लगाएको प्रतिबन्ध फुकुवा गरेपनि नेपालमा अपेक्षित रूपमा स्मार्टफोनको भित्रिन नसकेको मोबाइल व्यवसायीले बताएका छन् । एक वर्षभन्दा बढी तीन सय डलरभन्दा महंगो फोन आयातमा लगाएको प्रतिबन्ध गत मंसिरमा खुलाएको थियो ।
तथ्यांकअनुसार पनि पहिलेको तुलनामा नेपालमा स्माट फोन आयात घटेको छ ।
चालु आर्थिक वर्ष ०७८/७९ को पहिलो सात महिनामा १४ अर्ब ७६ करोड रुपैयाँ बराबरको स्मार्टफोन नेपाल भित्रिएको छ । नेपालमा चालु आवको साउनदेखि माघसम्ममा १४ अर्ब ७६ करोड ८३ लाख ५० हजार रुपैयाँको १० लाख पिस स्मार्टफोन आयात भएको हो ।
सो मूल्य बराबरको स्मार्टफोन आयात हुँदा सरकारले २ अर्ब ७५ करोड ६३ लाख ७५ हजार रुपैयाँ राजश्व संकलन गरेको भन्सार विभागले जनाएको छ ।
त्यस्तै चालु आवको ७ महिनामा २८ करोड ९९ लाख रुपैयाँ बराबरको स्मार्टवाच आयात भएको विभागको तथ्यांक छ । सो मूल्य बराबरको स्मार्टवाच आयात हुँदा सरकारले ८ करोड ८७ लाख रुपैयाँको राजश्व उठाएको छ ।
७ महिनासम्ममा नेपालमा ३० करोड ४२ लाख ४६ हजारको इयरफो, हेडफोन आयात भएको छ । त्यस्तै १० करोड ९० लाखको मोबाइल चार्जर, ३ करोड ३८ लाखको टेलफोन सेट र ३ करोड ३१ लाखको माइक्रोफोन आयात भएको छ ।
ताजा अपडेट
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
प्रतिक्रिया