सात महिनामा १४ अर्ब ७६ करोडको स्मार्टफोन नेपाल भित्रिए
काठमाडाैं । सरकारले महंगो स्मार्टफोन आयातमा लगाएको प्रतिबन्ध फुकुवा गरेपनि नेपालमा अपेक्षित रूपमा स्मार्टफोनको भित्रिन नसकेको मोबाइल व्यवसायीले बताएका छन् । एक वर्षभन्दा बढी तीन सय डलरभन्दा महंगो फोन आयातमा लगाएको प्रतिबन्ध गत मंसिरमा खुलाएको थियो ।
तथ्यांकअनुसार पनि पहिलेको तुलनामा नेपालमा स्माट फोन आयात घटेको छ ।
चालु आर्थिक वर्ष ०७८/७९ को पहिलो सात महिनामा १४ अर्ब ७६ करोड रुपैयाँ बराबरको स्मार्टफोन नेपाल भित्रिएको छ । नेपालमा चालु आवको साउनदेखि माघसम्ममा १४ अर्ब ७६ करोड ८३ लाख ५० हजार रुपैयाँको १० लाख पिस स्मार्टफोन आयात भएको हो ।
सो मूल्य बराबरको स्मार्टफोन आयात हुँदा सरकारले २ अर्ब ७५ करोड ६३ लाख ७५ हजार रुपैयाँ राजश्व संकलन गरेको भन्सार विभागले जनाएको छ ।
त्यस्तै चालु आवको ७ महिनामा २८ करोड ९९ लाख रुपैयाँ बराबरको स्मार्टवाच आयात भएको विभागको तथ्यांक छ । सो मूल्य बराबरको स्मार्टवाच आयात हुँदा सरकारले ८ करोड ८७ लाख रुपैयाँको राजश्व उठाएको छ ।
७ महिनासम्ममा नेपालमा ३० करोड ४२ लाख ४६ हजारको इयरफो, हेडफोन आयात भएको छ । त्यस्तै १० करोड ९० लाखको मोबाइल चार्जर, ३ करोड ३८ लाखको टेलफोन सेट र ३ करोड ३१ लाखको माइक्रोफोन आयात भएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया