NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

नबिलको आकर्षक खाता योजना : ब्याजदरलगायत सुविधाको खात, संकटमा साथ

काठमाडौं । नबिल बैंक अब्बल वाणिज्य बैंकहरूमध्ये एकमा गनिन्छ । हाल यो बैंकका देशभर १३५ शाखा कार्यालय र १८३ एटिएम सञ्चालनमा छन् । नबिल बैंकले समय सापेक्ष विभिन्न सेवाहरू ग्राहकमाझ पस्किँदै आएको छ ।

यस अतिरिक्त यो बैंकले आकर्षक सुविधासहित विभिन्न स्किम पनि सञ्चालनमा ल्याएको छ । बैंकले आकर्षक ब्याजसहित बचत निक्षेप र मुद्दती निक्षेपअन्र्तगत स्किम सञ्चालन गरेको हो ।

बचत निक्षेपअन्तर्गत

नबिल गोल्ड प्यारोल सेभिङ

बैंकले ‘नबिल गोल्ड प्यारोल सेभिङ खाता’ सञ्चालनमा ल्याएको छ । यो खासगरी सरकारी, गैरसरकारी संस्थाका कर्मचारीलाई लक्षित गरेर ल्याइएको हो । यसमा सुनौलो सुविधासहित आकर्षक ब्याजदर उपलब्ध भएको नबिल बैंकले जनाएको छ ।

बैंकका अनुसार, यो बचत खातामा १ वर्षसम्म डेबिड कार्ड/क्रेडिट कार्डको निःशुल्क सुविधा छ । त्यस्तै, बिना धितो १५ लाख रूपैयाँसम्मको व्यक्तिगत र घर कर्जा लिन सकिन्छ । १० लाख रूपैयाँसम्मको दुर्घटना बीमा, २ लाख रूपैयाँसम्मको फोनलोन सुविधा पनि यसमा छ ।

यो खातामा नबिल बैंकले ८.४२ प्रतिशतसम्म ब्याजदर प्रदान गरेको छ ।

नबिल प्रिमियम रेमिट्यान्स बचत खाता

नबिल प्रिमियम रेमिट्यान्स बचत खाता नबिल बैंकले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गरेर ल्याएको हो । यो खाता शून्य मौज्दातमा खोल्न सकिन्छ । बैंकिङ प्रणालीबाट प्राप्त हुने रेमिट्यान्स निक्षेपमा राखी बचत खाता खोल्न सकिने यस खातामा ९.४२ प्रतिशतसम्म ब्याजदर प्राप्त गर्न सकिन्छ ।

नबिल एनआरएन खाता

नबिल बैंकले सञ्चालनमा ल्याएको बचत खातामध्येकै अर्को हो, नबिल एनआरएन खाता । यो गैरआवसीय नेपालीहरूलाई लक्षित गरी ल्याइएको हो ।
गैरआवासीय नेपालीहरूले नबिलमा खाता खोली आफ्नो निक्षेप संकलन गर्न सक्छन् ।

नबिल जेन अल्फा अकाउन्ट

नबिल जेन अल्फा अकाउन्ट अर्को महत्त्वपूर्ण खाता हो । यो १८ वर्षभन्दा मुनिका बालबालिका र तिनका अभिभावकलाई लक्षित गरी सञ्चालनमा ल्याइएको हो । यो नेपालकै पहिलो डिजिटल एपमा आधारित स्किम भएको नबिल बैंकको दाबी छ ।

नबिल बैंकमा खाता भएका तथा नयाँ खाता खोल्ने ग्राहकले खाताबाटै तोकिएको रकमबाट समयसमयमा मुद्दतीमा जम्मा गर्न सक्छन् । त्यस्तै, बालबालिकालाई नबिल जेन अल्फा एपको माध्यमबाट काम र लक्ष्य यकिन गरी सुविधा प्रदान गर्न सकिने बैंकले जनाएको छ ।
यस्ता खाता भएका ग्राहकले काठमाडौं ‘फण्ड ल्याण्ड’मा २० प्रतिशतसम्म र ‘जम्प केटिएम’मा १० प्रतिशतसम्म छुट पाउनेछन् ।

नबिल गोल्ड बचत

१८ वर्षभन्दा माथिका जुनसुकै नेपाली नागरिकले यो खाता खोल्न सक्ने नबिल बैंकले जनाएको छ । नबिल बैंकले सञ्चालनमा ल्याएको यस खातामा २५ प्रतिशतसम्म लकर सुविधा, ३ लाखसम्मको जटिल रोगको बीमा सुविधा हुनुका साथै ७५ हजार रूपैयाँको टर्न लाइफ बीमा सुविधासमेत छ ।
साथै यो खाताबाट ग्राहकले ८.४२ प्रतिशतसम्म ब्याज प्राप्त गर्न सक्छन् ।

नबिल जेन एन खाता

नबिल बैंकले अर्को नबिल जेन एन खाता सञ्चालनमा ल्याएको छ । विद्युतीय प्रणालीलाई प्रोत्साहन गर्न बैंकले यस्तो खाता सञ्चालनमा ल्याएको हो । यो खाता १८ वर्ष उमेर पुगेका नेपाली नागरिकले खोल्न सक्छन् ।

बैंकका अनुसार, यसमा मोबाइल बैंकिङ, अनलाइन कारोबार, एनटिसी, एनसेल २ जिबी डाटा प्याक निःशुल्क जारी गरिएको छ । शून्य मौज्दातमा पनि खाता खोल्न सकिने यो स्किममा नबिल बैंकले ६.४२ प्रतिशत ब्याज प्रदान गरेको छ ।

नबिल सेयर होल्डर बचत

विशेष गरी सेयरहोल्डहरूले नबिल बैंकले ल्याएको यो स्किममा खाता खोल्न सक्नेछन् । यो स्किममा तीन लाख रूपैयाँसम्मको घातक रोग कभरेज बीमा, ७५ हजार रूपैयाँको मृत्युलाभ बीमा र घातक रोगका कारण मृत्यु भएमा ३ लाख ७५ हजार रूपैयाँको बीमा कभरेज सुविधा रहेको छ ।

त्यस्तै, यो खातामा २५ प्रतिशतसम्मको लकर सुविधासमेत रहेको बैंकले जनाएको छ । साथै ग्राहकले ६.९२ प्रतिशत ब्याजसमेत पाउँछन् ।

नबिल प्रिमियम नारी बचत

महिलाहरूको वित्तीय लगानी र जीवन निर्वाह आवश्यकता पूर्तिका लागि नबिल बैंकले नबिल प्रिमियम नारी बचत सञ्चालनमा ल्याएको छ । न्यूनतम ५ हजार मौज्दातमा खोल्न सकिने यस खातामा २५ प्रतिशतसम्मको लकर सुविधा, ३ लाख रूपैयाँको १४ घातक रोगको बीमा सुविधा र निःशुल्क खाता विवरणको सुविधासमेत रहेको छ ।

यो खाता खोल्ने ग्राहकले ६.४२ प्रतिशतसम्म ब्याज पाउनेछन् ।

नबिल सहुलियत खाता

बैंकले नबिल सहुलियत खाता सञ्चालनमा ल्याएको छ । यो बैंकको पहुँचभन्दा बाहिर रहेका नागरिकको बचत गर्ने बानीको विकास र कमाइको सुरक्षा गर्ने हेतुले सञ्चालनमा ल्याइएको हो ।

न्यूनतम १०० रूपैयाँ मौज्दातमा खोल्न सकिने यस खातामा ६.४२ प्रतिशतसम्म ब्याज पाइन्छ ।

नबिल प्रिमियम पेरोल बचत

सरकारी तथा गैरसरकारी संघ–संस्थामा कार्यरत तलबी कर्मचारीलाई लक्षित गरेर ल्याइएको स्किम ‘नबिल प्रिमियम पेरोल बचत खाता’ हो । यो खाता शून्य मौज्दातमा खोल्न सकिन्छ । साथै, यसमा ३ लाख रूपैयाँसम्मको घातक रोग बीमा र २५ प्रतिशतसम्म लकर सुविधा उपलब्ध छ । यो खाता खोल्ने ग्राहकले ६.९२ प्रतिशतसम्म ब्याज सुविधा पाउँछन् ।

नबिल बाल बचत खाता

बालबालिकाहरूमा बचत गर्ने बानीको विकास गर्नुका साथै उनीहरूलाई बचतको महत्त्व प्रदान गर्ने उद्देश्यले यो स्किम सञ्चालनमा ल्याइएको नबिल बैंकले जनाएको छ । बच्चाको हुकाइसँगै खातामा जम्मा रहम पनि बढ्दै जाने र यसले भविष्य उज्ज्वल बनाउन भूमिका खेल्ने बैंकको विश्वास छ ।

शून्य मौज्दातमा खोल्न सकिने यस खातामा नबिल बैंकले ६.४२ प्रतिशत ब्याज प्रदान गरेको छ । १८ वर्षभन्दा मुनिका बालबालिकाले यो खाता खोल्न सक्छन् ।

नबिल बचत योजना

नबिल बचत योजना प्रिमियम तहको निक्षेप योजना हो । जसमा विभिन्न सहुलियत र थप सुविधाहरू समावेश गरिएको बैंकले जनाएको छ । बैंकका अनुसार न्युनतम ५० हजार मौज्दातमा यो खाता खोल्न सक्नेछन् । यो खाता खोल्ने ग्राहकले ६.४२ प्रतिशत ब्याज सुविधा पाउनेछन् ।

नबिल जेष्ठ बचत खाता

जेष्ठ नागरिकको आवश्यकतालाई ध्यानमा राखेर बैंकले ‘नबिल जेष्ठ बचत खाता’ सञ्चालनमा ल्याएको छ । ५० वर्षभन्दा माथिका जेष्ठ नागरिकले यो खाता खोल्न सक्नेछन् ।

शून्य मौज्दातमा खोल्न सकिने यस खातामा २५ प्रतिशतसम्मको लकर सुविधा, ३ लाखसम्मको घातक रोग बीमा, निःशुल्क नबिल इन्टरनेट बैंकिङ सुविधा छन् । यो खाता खोल्ने नागरिकले ६.४२ प्रतिशत ब्याज पाउनेछन् ।

मुद्दती निक्षेपअन्तर्गत

नबिल रेमिट्यान्स फिक्स डिपोजिट

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि लक्षित गरेर बैंकले नबिल रेमिट्यान्स फिक्स डिपोजिट खाता पनि सञ्चालनमा ल्याएको छ । विदेशमा मिहिनेत गरेर कमाएको पैसालाई उच्चतम ब्याज प्रदान गरेर ग्राहककलाई थप सुविधा दिने उद्देश्यले यो खाता सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।
यो खाता खोल्ने ग्राहकले १३.१३ प्रतिशतसम्म ब्याज पाउँछन् ।

नियमित मुद्दती निक्षेप

नबिल बैंकका अनुसार, यो मुद्दती खातामा हरेक तीन महिनामा ब्याजको भुक्तानी हुन्छ । साथै खाताको राशीमा ९० प्रतिशतसम्म कर्जा प्रदान पनि हुन्छ । यो मुद्दती खातामा ग्राहकले वार्षिक ११.०३ प्रतिशसम्म ब्याज पाउँछन् ।

स्मार्ट मुद्दती निक्षेप

स्मार्ट मुद्दती निक्षेपमा पनि ग्राहकले वार्षिक ११.०३ प्रतिशत नै ब्याज पाउनेछन् । यसमा त्रैमासिक रूपमा ब्याज प्रदान गर्नुका साथै मुद्दतीमा रहेको रकमको ९० प्रतिशतसम्म ऋण लिन सकिने सुवधा छ । त्यस्तै, खाताको अवधि पूरा भएपछि आफ्नौ पहिलेकै खातामा साँवा फिर्ता हुने र स्वतः खाता नवीकरण गर्न सकिने छ ।

नबिल सञ्चयी मुद्दती निक्षेप

नबिल बैंकका अनुसार, नबिल सञ्चयी मुद्दती अवधि समाप्त नहुञ्जेल त्रैमासिक रूपमा उच्च ब्याज आर्जन हुने तथा निक्षेप सञ्चय हुँदै जाने गरी धेरै पटक निक्षेप राख्न सकिने विशेष प्रकारको मुद्दती निक्षेप हो ।

न्यूनतम १० हजार रूपैयाँसम्ममा यो निक्षेप खाता खोल्न सकिने छ । यो स्किममा ९.०३ प्रतिशतसम्म ब्याज पाइन्छ ।