खानी भत्किँदा चीनमा चार जनाको मृत्यु, ४९ बेपत्ता, उद्धारकार्य जारी
होहोट । उत्तरी चीनको भित्री मङ्गोलिया स्वायत्त क्षेत्रको भत्किएको कोइला खानीमा खोजी र उद्धारकार्य पुनःशुरु भएको छ ।
अहिलेसम्म चार जनाको मृत्यु भएको पुष्टि भएको छ भने ४९ जना बेपत्ता छन् । उद्धारकर्ताले भग्नावशेषबाट १० जनालाई बाहिर निकालेका छन् जसमा चार जनाको मृत्यु भएको पाइएको छ भने छ जना घाइते छन् ।
घाइतेलाई अस्पताल लगिएको छ । घटनास्थलमा उद्धारकार्य जारी छ ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया