NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

बालुवाटारमा चार दलको मन्थन : ब्युँतेला त पुरानो गठबन्धन ?

काठमाडौं । पुरानो गठबन्धन ब्युँताउने कि वर्तमान गठबन्धन कायमै राख्ने भन्नेमा निर्णायक वार्तामा जुटेका प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले पुराना सहकर्मी दलहरूसँग छलफल जारी राखेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा कांग्रेससहित माओवादी केन्द्र, जसपा र नेकपा एसका नेताहरू सहभागी रहेका छन् । राष्ट्रपति निर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा सत्ता गठबन्धनमा खटपट र विपक्षी कांग्रेसमा अलमल देखिएको छ ।

बैठक राष्ट्रपति पदको निर्वाचनका विषयमा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकले निर्वाचन अघिको गठबन्धन ब्युँताउने नेताहरूले विश्वास लिएका छन् । बिहीबार माओवादीसहित नेकपा एस र जसपाको संयुक्त बैठकले कांग्रेससँग छलफल गरी साझा उम्मेदवार घोषणाका लागि प्रयास गर्ने सहमति गरेका थिए ।

बैठकमा कांग्रेसबाट सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति पूर्ण बहादुर खड्का, महामन्त्री गगन थापा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला सहभागी छन् । माओवादी केन्द्रबाट प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ लगायत नेताहरू सहभागी छन् ।

नेकपा एसबाट अध्यक्ष माधव नेपाल, महासचिव डा. बेदुरामा भुसाल सहभागी छन् । जसपाबाट उपेन्द्र यादव लगायत नेताहरू सहभागी छन् । बैठकपछि प्रधानमन्त्री प्रचण्डले एमालेका अध्यक्ष केपी ओलीसँग छलफल गर्ने तयारी गरेका छन् ।

२५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि १३ गते मनोनयन दर्ताको कार्यक्रम रहेको छ। राष्ट्रपति निर्वाचनमा निर्णायक शक्ति रहेको माओवादी केन्द्र जता ढल्कियो त्यतै बहुमत पुग्ने अवस्था देखिन्छ ।