NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २ गते

कांग्रेसबाट रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवार, एमाले रणनीति बनाउँदै

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

शनिबार पार्टी केन्द्रीय कार्यालयमा बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

पौडेल ८ दलीय गठबन्धनका तर्फबाट साझा उम्मेदवार बन्ने भएका हुन् ।

आज राष्ट्रपति चयनका लागि मनोनयन हुँदैछ । पौने १ बजे गठबन्धनका सबै नेताहरु संसद भवन नयाँ बानेश्वरमा जम्मा हुने र २ बजेपछि मनोनयन दर्ता गराउने कार्यक्रम तय भएको छ ।

नेकपा एमालेले भने अहिलेसम्म राष्टपतिको उम्मेदवारबारे कुनै निर्णय गरेको छैन् ।